Comments Add Comment

नयाँ संसद् भवनको आज शिलान्यास, कस्तो बन्ला ?

Photo Credit : सिंहदरबारभित्र निर्माण गर्न लागिएको संसद् भवनको डिजाइन ।

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको आज शिलान्यास गर्ने भएका छन् ।

सिंहदरबारको पुतली बगैंचामा निर्माण गर्ने तय भएको भवनको बुधबार बिहान ११ः३० बजे शिलान्यास गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।

संघीय संसदलाई सिंहदरबारको आफ्नै भवनमा सार्न डिजाइन, टेन्डरलगायतका प्रक्रिया शहरी विकास मन्त्रालयले टुंग्याइसकेको छ । मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने शहरी विकास मन्त्रालयको भनाइ छ ।

यस्तो बन्दैछ अत्याधुनिक संसद भवन

सहरी विकास मन्त्रालयले सिंहदरबारको पुतली बगैँचामा संसद भवन बनाउनका लागि डिजाइन तयार पारेको छ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

मन्त्रालयले नक्सा तयार पार्नुअघि नै अर्थमन्त्रालयले संसद भवन निर्माणकै लागि १० अर्ब रुपैयाँ बजेटको सुनिश्चिततासमेत गरिसकेको छ । अर्थले बजेटको व्यवस्था नै गरिसकेकाले स्रोतको अभाव नहुने र तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरी तयारी भइरहेको सहरी विकास मन्त्रालयले बताएको छ ।

बढीमा साढे दुई वर्षमा निर्माण सम्पन्न हुने सहरी विकासको दाबी छ ।
यो पनि पढ्नुहोस सिंहदरबारभित्रै यस्तो बन्दैछ आधुनिक संसद भवन

सहरी विकासले गराएको डिजाइनमा दलको कार्यालय, संसद सचिवालय, राष्ट्रिय सभा तथा प्रनिनिधिसभा नजिकै राखिने छ । संसद भवनको क्षेत्रको मध्यभागतिर भीभीआईपीका लागि प्रवेशद्वार राखिने छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार राखिने छ ।

मुख्य गेटबाट प्रवेश गर्ने्वित्तिकै प्लाजामा पुगिनेछ । त्यसको एकापट्टि संसद सचिवालय हुनेछ भने अर्कोको प्रतिनिधिसभाको हल हुनेछ । सचिवालय र प्रतिनिधि सभाको पछिल्लो भागमा एकापट्टि दलको कार्यालय र अर्कोपट्टि राष्ट्रियसभा हुने गरी मन्त्रालयले डिजाइन तयार पारिएको छ । संसद् भवनकै क्षेत्रभित्रमा बगंैचा, तथा सानो चौरसमेत रहने डिजाइनमा उल्लेख छ ।

अर्बौं रकम जोगिने दाबी

हाल संघीय संसदको आफ्नै भवन छैन । आफ्नै भवन नभएका कारण संसद सचिवालयले बानेश्वरको अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद बैठक बस्दै आएको छ । भाडामा मात्रै राज्यकोषबाट अर्बाैं रकम खर्च भइरहेको छ । अर्कोतर्फ अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा संसदको बैठक राखिएका कारण बिमस्टेक, लगानी सम्मेलन जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरु महंगा होटलमा गर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment