Comments Add Comment

भक्तपुरमा दुई साताको अवधिमा १९७ जना डेंगु संक्रमित

भक्तपुर नगरपालिका बढी प्रभावित

२ असोज, भक्तपुर । भक्तपुरमा दुई साताको अवधिमा १९७ जना डेंगु संक्रमित फेला परेका छन् । सबैभन्दा बढी विरामी भक्तपुर नगरपालिकाभित्रका बासिन्दा छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्म १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि र यो रोगको संक्रमण बढ्दै गएको जानकारी दिए । कार्यालयका अधिकृत न्यौपानेका अनुसार ज्वरो आउनेबित्तिकै डेंगु रोगको आशंकामा अस्पताल तथा स्वास्थ्य संस्थामा जँचाउने बिरामीको भीड लाग्ने गरेको छ ।

यस वर्ष भक्तपुरमा गत भदौ ८ गते पहिलोपटक डेंगु संक्रमितको पहिचान भएको थियो ।

जिल्ला जनश्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले देशकै बढी जनघनत्व रहेको भक्तपुरमा डेंगुको महामारी फैलिने उच्च जोखिम रहेको बताए ।

मानव बस्तीको बीच-बीचमा पानीको स्रोत खुला भएको ठाउँमा डेंगु सार्ने लामखुट्टे बढी पाइने गरेका छन् । यद्यपि टोल, नगर, विद्यालयलगायतका क्षेत्रमा डेंगु रोगबारे जनचेतनामूलक कार्यक्रम जारी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment