Comments Add Comment

अवैध आप्रवासीलाई निकाल्ने भारतीय गृहमन्त्रीकाे घोषणा

२ असोज, काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गरिने बताएका छन् । उनले सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने पनि घोषणा गरे ।

भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ ? यसरी देश चल्दैन ।’

उनले समयको आवश्यकता भन्दै देशका सबै नागरिकले दर्ता हुनपर्ने बताए । चुनावी घोषणापत्रमा नै भाजपाले देशभर एनआरसी लागू गर्ने प्रतिबद्धता जनाएको साहले स्मरण गराए । यसका अलावा अन्य कानूनी प्रक्रियाहरुमार्फत कारबाही गर्ने उनको भनाइ छ ।

‘यसको नाम नै नेसनल रजिस्ट्रर अफ सिटिजन्स हो, न कि नेसनल रजिस्टअर अफ आसाम,’ साहले थपे, ‘यो आसामका नागरिकहरुको मात्र रजिस्टर होइन ।’

उनी भन्छन्, ‘मैले पहिले पनि भनेको हुँ, देशका जनताले २०१९ मा नै निर्णय लिएका थिए । हामी यहाँ एनआरसी ल्याउन आएका हौं, यो रजिस्टरमा नपर्नेहरु उचित कानूनी प्रक्रियापछि देश बाहिर पठाइनेछन् ।’

नेसनल रजिस्टरको भारतमा रहेका नेपाली र नेपालीभाषीहरुलाई अप्ठेरोमा पार्न सक्ने आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment