Comments Add Comment

ससुराको खेतमा पानी पटाउन खोज्दा खोलामा डुबेर भारतीय ज्वाँईको मृत्यु

२ असोज, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकास्थित सिक्टा खोलामा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । भारत बेतिया जिल्ला बेलबनिया बस्ने ३५ बर्षीय पिन्टु कुमार साहको मृत्यु भएको हो । उनी कालिकामाई–१ मुर्ली बस्ने गंगा साहको ज्वाँई हुन् ।

ससुरा गंगाको खेतमा सिक्टा खोलाबाट पम्पसेट लगाई पानी निकाल्ने क्रममा बुधबार मध्यान्न खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पिन्टु खोलामा डुबेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको थियो ।

प्रहरी टोलीले घटना स्थल, शवजाँच मुचुल्का लगायत प्रारम्भीक अनुसन्धान गरेको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पर्सामा मृत भेटिएका युवकको पहिचान खुल्यो

पर्साको विन्दबासिनी गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा भेटिएका युवकको सनाखत भएको छ । मृतक भारत विहार राज्य वेतिया जिल्ला सिक्टा थाना, ग्राम पंचायत सिक्टा–१० का १९ वर्षीय सन्दिप साह तुराहा रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला

सन्दिपको शव पहिचान गरी उनको ४५ बर्षीया आमा रेनु साहले बुझेर लगेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । घटनामा संलग्न अभियुक्तहरुको पहिचान गर्ने र खोजतलास गर्ने कार्य अघि बढाइएको उनले बताए । ‘पोष्ट मार्टम रिपोर्ट आईसकेको छैन, अन्यत्र हत्या गरेर ल्याएर यहाँ फालेको जस्तो पनि देखिन्छ,’ उनले भने, ‘अभियुक्तहरुको पहिचान गर्न र खोजतलास गर्न टोली परिचालन गरेका छौं ।’

दुई दिन अघि सन्दिपको शव बिन्दबासीनी गाउँपालिका वडा–५ स्थित भुताहपुलको छेउमा फेला परेको थियो । सन्दिपको मानसिक अवस्था ठिक नभएको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment