Comments Add Comment

‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर

बिहिबार बेलुकी चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर काठमाण्डौको जय नेपाल हलमा आयोजना गरिएको छ । यो बर्षकै प्रतिक्षित चलचित्र भएका कारणले पनि चलचित्रकर्मी, मिडियाकर्मी र निर्माण टिमका आफन्तको भिड जय नेपाल हलमा ठूलै थियो ।

रामबाबु गुरुङ निर्देशित चलचित्र हेर्नका लागि चलचित्र क्षेत्रका केही चिनिएका अनुहार हल पुगे । निर्देशक दीपाश्री निरौला, नायिका वर्षा राउत, मोडल एलिसा राई, निर्माता माधव वाग्ले, अर्जुन कुमार, रोहित अधिकारी, हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे लगायत हल पुगेका थिए ।

यस्तै, चलचित्रका मुख्य कलाकार दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायत पनि हल पुगेका थिए । ‘काजी’कै प्रेमकथामा तयार भएको यो चलचित्र हेरिसकेपछि चलचित्रकर्मीले यसलाई राम्रो भनेका छन् ।

नायक दयाहाङ राइको वरिपरी घुमेको चलचित्रमा मुख्य रुपमा नायिका उपासना सिंह ठकुरी, कलाकार बिजय बराल र माओत्से गुरुङ हाबी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment