Comments Add Comment

संविधान दिवसमा भूवनदेखि निखिलसम्म विभुषित

नेपाल सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा व्यक्तिहरुलाई विभुषित गर्ने भएको छ । जसमा, चलचित्र तथा कला क्षेत्रका केही कलाकार र संगीतकर्मीहरुलाई पनि विभुषित गरिने भएको छ ।

गायक स्वर्गिय खुशिराम पाख्रिनलाई ‘सुप्रबल जनसेवा श्री तृतिय श्रेणी’बाट विभुषित गरिने भएको छ । यस्तै, नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भूवन चन्द र गायक रामकृष्ण दुवाललाई पनि ‘सुप्रबल जनसेवा श्री तृतिय श्रेणी’बाट बिभुषित गरिने भएको हो ।

लोकगायक बद्री पंगेनीलाई ‘किर्तिमय राष्ट्रदिप चतुर्थ श्रेणी’बाट सरकारले विभुषित गर्ने भएको हो । यस्तै, ‘प्रबल जनसेवा श्री चतुर्थ श्रेणी’बाट संचारकर्मी तथा निर्देशक दिनेश डीसी, कलाकार धर्मराज गुरुङ, गायक धिरज राई, नायक निखिल उप्रेती, गायक नारायण ओली, नायिका स्वेता खड्का, संगीतकार शान्तीराम राई, सुरेश अधिकारी र कलाकार बसुन्धरा भुषाललाई विभुषित गरिने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शित्तल निवासमा आयोजना हुने कार्यक्रममा कलाकारहरुलाई विभुषित गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment