Comments Add Comment

ब्लाइन्ड डेट : रोमाञ्चक कि जोखिमपूर्ण ?

अनलाइन डेटिङ वेबसाइट, सोसल मीडिया र च्याटिङ एप्सको माध्यमबाट आज अधिकांश युवाहरु एक-अर्कासंग जोडिएका छन् । अहिले युवाहरुमा इन्टरनेटको पहुंँच अत्यधिक मात्रामा बढेेको छ । अनलाइन कुराकानीमा उनीहरु एक-अर्कासंग यति नजिक हुन थाल्छन्, उनीहरु वास्तविक जीवनमा पनि भेटघाट र डेटिङको योजना बनाउन शुरु गर्छन् ।

यद्यपि  तपाईं त्यस्तो व्यक्तिसंग पहिलो पटक डेटमा जान लाग्नु भएको छ अथवा तपाईं त्यस्तो व्यक्तिसंग पहिलो पटक भेट्दै हुनुुहुन्छ,जसलाई तपाईले सोसल मिडियामा मात्र चिन्नु भएको छ भने त्यस्ता व्यक्तिलाई भेट्न जाँदा मन उत्तेजना र डर दुबै हुनु स्वाभाविक हुन्छ । यसबाहेक पनि आफ्नो डेट उत्कृष्ट बनाउन चाहानु हुन्छ भने केहि कुरामा ध्यान दिनु आवश्यक छ । तपाईं आफ्नो सुरक्षाको कारण पनि सतर्कता अपनाउनु अत्यन्त आवश्यक छ ।

अनलाइन प्रोफाइल चेक गर्नुहोस्

सोसल मीडियामा प्रायः धेरै मानिसहरु आफ्नो बारेमा गलत जानकारी दिन्छन् । यस्तो स्थितिमा यदि तपाईं आफुलाई सुरक्षित राख्न चाहानु हुन्छ भने अनलाइन रिसर्च गर्नुपर्छ । अहिले एक व्यक्ति धेरै साइटहरुमा हुन्छन्, त्यसैले क्रस चेक गर्न अति आवश्यक छ ।

फोनमा कुरा गर्नु पर्छ

कहिलेकाहीँ मानिस अनलाइन प्रोफाइलमा जुन पोस्ट गर्छन्, तर वास्तवमा उनीहरुको अफलाइनमा फरक किसिमको व्यक्तित्व हुन्छ । त्यसैले यदि तपाईंले भेटघाटको योजना बनाउनु भएको छ भने एक-अर्कासंग केही समय फोनमा बिताउनुहोस् । यसो गर्दा आफुले डेटमा जान लागेको व्यक्तिको बारेमा धेरै अनुमान हुन्छ । यसले तपाई एक-अर्कासंग सहज महसूस गर्न थाल्नु हुन्छ । यस पछि मात्र भेटघाटको योजना बनाउनुहोस् ।

पर्सनल कुरा नगर्नुहोस्

पहिलो भेटघाटमा नै आफ्नो सम्पुर्ण कुरा गर्नु हुँदैन । यदि पहिलो भेटमा नै तपाईं एक-अर्का साथ राम्रो लाग्यो भने पनि धेरै पर्सनल कुरा शेयर गर्नु हुँदैन । जबसम्म विश्वास कायम हुँदैन कसैलाई पनि आफ्नो घरपरिवार र अति नै गोप्य कुराहरुको बारेमा जानकारी दिनु राम्रो होइन ।

सुरक्षामा ध्यान दिनुहोस्

जब तपाई पहिलो पटक कसैसंग भेट्न जाँदै हुनुहुन्छ भने आफ्नो सुरक्षाको ध्यान राख्नुहोस् । त्यसैले आफु पहिला पनि गएकोे रेस्टुरेन्ट अथवा क्याफेमा भेट्ने योजना बनाउनु होस् । त्यसैले कुनै नयाँ ठाउँमा जाने गल्ति गर्नु हुँदैन । यदि तपाईंले आफ्नो कुनै घनिष्ट साथीलाई आफ्नो यस योजनाको बारेमा बताउनुहोस् । उसलाई आफुले भेट्ने व्यक्तिको नाम, नम्बर र जाने ठाउँको बारेमा बताउनु होस् ।

सकारात्मक कुराकानी

पहिलो पटक कुनै व्यक्तिसंग भेटघाट गर्दै हुनुहुन्छ भने सकारात्मक कुराकानीबाट नै शुरुआत गर्नुहोस् । सकारात्मक कुराकानीको क्रममा एक-अर्काको सफलता अथवा कुनै अर्थपूर्ण कुराकानी गर्न सक्नु हुन्छ । यस प्रकारको कुराकानीले तपाई दुबैलाई सहज महसूस गराउछ र तपाईं आरामले कुराकानी गर्न सक्नु हुन्छ ।

ब्यालेन्समा बस्नुहोस्

कुराकानीमा सधै ब्यालेन्स रहनु पर्छ । पहिलो भेटमा नै धेरै खुलेर कुरा गर्दा अरुको अगाडि तपाईको छवि विग्रन सक्छ ।

मुस्कान यथावत राख्नुहोस्

मुस्कानले तपाईं आकर्षक त देखिनु हुन्छ नै, त्यसले तपाईंलाई फ्रेन्ड्ली लुक पनि देखिन्छ । त्यसैले ब्लाइन्ड डेटमा सधै मुस्काउनु पर्छ ।

पहिरनको छनौट

मानिसको व्यक्तित्व उसको पहिरनबाट झल्कन्छ, त्यसैले पहिरनको छनौट सोचिसम्झी गर्नु पर्छ । भड्किला पहिरन लगाएर डेटमा जानु हुँदैन । मेकअप पनि सामान्य किसिमको गर्नु पर्छ ।

धैर्यतापूर्वक व्यवहार गर्नुहोस्

ब्लाइन्ड डेट ख्यालठट्टा पनि हुन सक्छ । तपाई कसैलाई चिनजान बिना नै भरोसा गर्न सक्नु हुन्न । यदि तपाईंको भरोसा टुट्यो भने पनि धैर्यताका साथ काम गर्नुहोस र सबै कुरा पत्ता लगाउने कोशिस गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment