+
+
Shares

प्रदेशसभामा कांग्रेसको अवरोध कायमै

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १३:५४

५ असोज, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक आइतबार पनि अवरुद्ध गरेको छ । मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

सरकारले प्रदेशसभाको चालु अधिवेशनबाटै पारित गराउने तयारी गरेको उक्त विधेयक रोक्न माग गर्दै कांग्रेसले लगाता र संसद अवरोध गर्दै आइरहेको छ । आइतबारको प्रदेशसभा बैठकमा पनि प्रदेशसभाको सामाजिक विकास समितिबाट पारित भई आएको प्रतिबेदनसहित मनमोहन प्राविधि विश्वविद्यालसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची थियो ।

कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नर्स नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाउदै आएको छ ।

यसअघि कांग्रेसले असोज १ गतेको बैठक पनि अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले छलफलका लागि भन्दै ५ दिन संसद स्थगित गरेका थिए । तर यसबीचमा पनि सहमति नभएपछि कांग्रेसले आइतबारको बैठक पनि अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?