+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

प्रेस काउन्सिलद्वारा विभिन्न पत्रकारिता पुरस्कार घोषणा

गोपालदास पत्रकारिता पुरस्कार थापालाई

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ५ गते १९:०९

५ असोज, काठमाडौं । यसवर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार गोविन्दबहादुर थापाले पाउने भएका छन् । प्रेस काउन्सिल नेपालले ५० औ वार्षिक उत्सवको अवसरमा १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार थापालाई दिन लागेको हो ।

त्यस्तै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार सुरेश आचार्यलाई प्रदान गर्ने निर्णय भएको काउन्सिलले जनाएको छ । ५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार बाँकेको दैनिक नेपालगञ्जलाई, २० हजार राशीको भाषागत पत्रकारिता पुरस्कार सुनसरीका मो. हसन मियालाई र २० हजार राशीकै साहित्यिक पत्रकारिता पुरस्कार अन्तर्बोध साहित्यिक त्रैमासिकलाई प्रदान गरिएको छ ।

त्यस्तै २० हजार रुपैयाँ राशीको क्रियाशील पत्रकारिता पुरस्कार गोरखाका नेपालभूषण न्यौपाने, मोरङका शिवबहादुर कार्की, यज्ञप्रसाद शर्मा, धादिङका सीतारामप्रसाद बर्मा, कञ्चनपुरका हरि जोशी, धनुषाका बालकृष्णप्रसाद, खोटाङका शंकर कार्की, दैलेखका विष्णुप्रसाद शर्मा र सुनसरीका विश्वमणि सुवेदीलाई प्रदान गर्ने निर्णय काउन्सिलले गरेको सूचना अधिकारी दीपक खनालले जानकारी दिएका छन् ।

१५ हजार रुपैयाँ राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारका लागि काठमाडौंकी मीना तिवारी घिमिरे, रुकुमका अजयदीप शर्मा, सुनसरीका अमर खड्का, कपिलवस्तुका डिलाराम भुसाल, कपिलवस्तुका करुण अर्याल, इलामका विधान श्रेष्ठ, सुनसरीकी निलिफा सुब्बा, काठमाडौंकी मन्जिमा ढकाल, कैलालीका सोमबहादुर थापा र धनुषाकी रिङ्कु मिश्र (गायत्री) छनोट भएका छन् ।

प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको काउन्सिलले जनाएको छ । यसको राशी २० हजार रुपैयाँ रहेको छ । प्रेस काउन्सिल कर्मचारी प्रोत्साहत पुरस्कार विपुल पाण्डेले पाउने भएका छन् । यसको राशी १० हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?