१५ मंसिर, काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई मनोनीत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा उनी कार्यरत थिए ।
२०४० सालमा अधिवक्ता भएका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बनेका थिए । नेपाल बारको उपाध्यक्ष समेत भइसकेका आचार्यसँग २०५१ सालमा बार काउन्सिलको कार्यकारी समितिमा बसेर काम गरेको पनि अनुभव छ ।
उनले २०७४ सालमा लुम्बिनी प्रदेशको कानुन आयोगमा डेढ वर्ष काम गरेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4