+
+
WC Series
कर्णाली याक्स 2025
86/4 (14.3)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

प्रेस काउन्सिलका अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान

आइतबार सञ्चारमन्त्री जगदीश खरेलसहितको उपस्थितिमा आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १४:२१

२१ मंसिर, काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा मनोनीत वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको छ ।

सरकारले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत आचार्यलाई नियुक्त गरेको थियो । आइतबार सञ्चारमन्त्री जगदीश खरेलसहितको उपस्थितिमा आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।

आचार्य यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा कार्यरत थिए । २०४० सालमा अधिवक्ता भएका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बनेका थिए ।

नेपाल बारको उपाध्यक्ष समेत भइसकेका आचार्यसँग २०५१ सालमा बार काउन्सिलको कार्यकारी समितिमा बसेर काम गरेको पनि अनुभव छ ।

उनले २०७४ सालमा लुम्बिनी प्रदेशको कानुन आयोगमा  डेढ वर्ष काम गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?