+
+
Shares

सहिदका हत्यारा !

के.एल. पीडित के.एल. पीडित
२०७६ असोज ६ गते १०:२१

सकस पिएर पलपल
आँधी खपेर अटल-अटल
हर रात यो अँध्यारो झुपडीमा
एउटा सग्लो सूर्य डाकिरहेछु !
एउटा सुन्दर बिहान भाकिरहेछु
निरन्तर निरन्तर
वर्षौंदेखि
तर,
सूर्य फक्रिनुअघि
बिहान उघ्रिनुअघि
समृद्धिका हाम्रा सपनाहरु विथोल्न
र, गिज्याउँदै रक्तरञ्जित हाम्रो इतिहासलाई
उधुमले चलमलाइरहेछन् !
सहिदका हत्याराहरु !!

अन्तिम भरोसाको यो समयमा
बिथोलिए भने हाम्रा युगीन सपनाहरु
दुर्घटित हुनेछ हाम्रो युगीन यात्रा
मुर्छित हुनेछन् हाम्रा आस्था र विश्वासहरु
ए मेरो नायक !
छिचोलेर चियर्स उत्सवहरु
र, बनेर एक युगीन विम्व
अँध्यारो मेरो यो झुपडीसम्म आऊ
र, एउटा अन्तिम जुलुस चलाऊ यो धर्तीमा !
म आगो झोसेर टाउकोमा
उभिएर सहिद स्तम्भ मुन्तिर
त्यो जुलुस पर्खिरहेको हुनेछु ।।

–५ असोज २०७६, दाङ घोराही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?