Comments Add Comment

मासुको पोस्टरमा गाईको तस्वीर राखेकोमा राप्रपाको आपत्ति

७ असोज, काठमाडौं । पशु सेवा विभागले स्वच्छ मासुबारे जनचेतना जगाउन जारी गरेको पोस्टरमा गाईको तस्वीर पनि राखेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । दशैं लक्षित प्रचार सामाग्रीमा हिन्दुहरुको आस्था एवं गाईको तस्वीर संलग्न गरिनु दुर्भाग्यपूर्ण भएको उक्त पार्टीले जनाएको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी धार्मिक आस्थाजस्तो संवेदनशील विषयमा त्रुटि हुनु सामान्य विषयमात्र हुन नसक्ने बताएका छन् । ‘यो नियतवश वा भूलवश के हो भन्नेबारेमा अविलम्ब छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ । राप्रपाले उक्त प्रचार सामाग्री संकलन, जफत र नष्ट गर्न पनि माग गरेको छ ।

विभागले पोस्टमा मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखेको छ । विभागका प्रवक्ता डा.चन्द्र ढकालले बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने तयारी भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment