
७ असोज, काठमाडौं । स्वच्छ मासुको प्रचारका लागि बनाएको पोस्टरमा गाईको तस्वीर परेकोमा पशु सेवा विभागले माफी मागेको छ ।
विभागका महानिर्देशक डा. वंशी शर्माले विज्ञप्ति जारी गरी पोस्टरमा छपाईको त्रुटिका कारण गाईको तस्वीर भूलवश परेको भन्दै क्षमायाचना गरेका छन् ।
विभागको मोवाइल भ्यानमा पशुपन्छीजन्य उत्पादनहरु दूध, मासु, अण्डा आदिको उत्पादन, प्रशोधन तथा उपभोक्तालाई गुणस्तरीय बनाउने हेतुले प्रचार प्रसारका लागि राखिएको पोस्टमध्ये एउटामा त्रुटि देखिएको विभागको दावी छ ।
‘हाल उक्त त्रुटिलाई सच्याइसकिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको त्रुटिप्रति पशुसेवा विभाग हार्दिक क्षमायाचना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4