+
+

अस्ट्रेलियामा खुलेको नेपाली स्वामित्वको शिक्षालयमा विद्यार्थी कोटा थप

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ८ गते १०:५०

सिड्नी । दुई वर्षअघि अस्ट्रेलियामा खुलेको नेपाली स्वामित्वको शिक्षालयलाई यहाँको सरकारी नियमनकारी निकायले विद्यार्थी संख्या बढाउन र अर्को शाखा खोल्न अनुमति दिएको छ । उक्त अनुमति पाएलगत्तै शिक्षालयको अध्यापन गराउने क्षमता अब झन्डै एक हजार भएको छ ।

पश्चिम सिड्नीको ठूलो सहर पारामाटामा रहेको सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले नयाँ शाखा खोल्ने अनुमति पाएलगत्तै मुख्य सहरमा क्याम्पस खोलेको छ ।

टाउन हाल ट्रेन स्टेशनमाथि रहेको नयाँ शाखामा शुक्रबार आयोजित एक समारोहमा अस्ट्रेलियामा कार्यरत वरिष्ठ नेपाली कानून व्यवसायी डा. शमशेर सिंह थापाले भने, ‘यो क्याम्पस यसका सञ्चालनकर्ताहरुको मात्रै नभएर सबै नेपालीहरुको हो ।’ उनले उक्त क्याम्पसका सञ्चालकहरुको  मेहनत र नैतिक धरातलका कारण प्रगति भैरहेको बताए ।

समारोहमा गैरवासीय नेपाली नेताहरु, सिड्नीका  शिक्षालय सञ्चालक नेपालीहरु, आप्रवासन तथा शैक्षिक परामर्शदाताहरुको उपस्थिति थियो ।

गैर आवासीय नेपाली संघ ओसियाना रिजनका संयोजक धर्मराज अधिकारीले गत दुई वर्षमा यो क्याम्पसले प्रगति गरेको भन्दै सञ्चालकहरुको मेहनतको प्रशंसा गरे ।

क्याम्पसकी प्रमुख कार्यकारी अधिकृत रन्जु वाग्ले थापाले विद्यार्थीहरु भविष्यको नेतृत्व भएको भन्दै आफ्नो शिक्षालयको प्रगतिमा विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुको सहयोगले शाखा खोल्न सफल भएको बताइन् ।

हालै न्यु साउथ वेल्स सरकारले प्रायोजन गरेको प्रिमियर एक्सपोर्ट २०१९ अवार्डमा अन्तरास्ट्रिय शिक्षा तथा तालिम विषयमा फाइनालिस्ट समेत भएको यो शिक्षालयको नयाँ शाखामा भने आगामी अक्टोबर र नोभेम्बरदेखि सूचना प्रविधि, लेखा र ब्यापार तथा नेतृत्व विषयमा भर्ना खुल्ने छ ।

उक्त शिक्षालयले पूर्वी एशियाको कम्बोडियास्थित बेल्टाई ग्रुपसँगको सहकार्यमा विद्यार्थीहरुलाई अध्ययन भ्रमण गराउँदै आएको छ । केही महिनाअघि एक दर्जन कम्बोडियन विद्यार्थीहरुले अस्ट्रेलियाको अध्ययन भ्रमण गरेका थिए । अस्ट्रेलियामा अध्ययनरत उक्त शिक्षालयका विद्यार्थीलाई पनि कम्बोडियाको अध्ययन भ्रमण गराउने सञ्चालकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?