Comments Add Comment

नवदुर्गा : आजका नारीका ९ गुण

दशैं नजिकिँदैछ । सामाजिक सद्भाव र उमंगको यो पर्वसँग विभिन्न सांस्कृतिक, धार्मिक पक्ष जोडिएको छ । दशैं खासगरी असत्यमाथि सत्यको जीत हुन्छ भन्ने प्रतीकात्मक सन्देशसँगै मनाइन्छ । यतिबेला शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ । दुर्गाले समग्र नारी शक्तिको समेत प्रतिनिधित्व गर्ने धर्मशास्त्रमा उल्लेख पाईन्छ ।

यसै मेसोमा यहाँ नारीको ९ गुणबारे चर्चा गरिएको छ ।

क्षमता, प्रेम, उदारता, लज्जा, विनय, समता, शान्ति, धीरता, वीरता, सेवा, सत्य शील, सद्भाव, सद्गुण र सौन्दर्य यी सबै गुणले युक्त नारी गरिमामयी बन्न सक्छिन् । वर्तमान युगमा महिलाहरुले हरमोर्चामा आफ्नो योग्यताको प्रदर्शन गर्दै सफलताको झन्डा फहाराइरहेका छन् । आखिर उनीहरुको गुण र क्षमता के हो ?

शैलीपुत्री

जब सानी शिशुको रुपमा नारीले कुनै घर-परिवारमा प्रवेश गर्छे, त्यो घर उज्यालो हुन्छ । उनको कोमलता, निश्चलताले सबैको हृदयमा स्पर्श गर्छ । प्यारी पुत्रीको रुपमा उनले आफ्नो परिवारलाई उमंग दिलाउँछे ।

पार्वती वा महेश्वरी

प्रत्येक महिलाभित्र सती, पार्वती, उमा, रुक्मणी, सीता वा सावित्री विद्यामान हुन्छ, जो आफ्ना पतिका लागि जे पनि गर्न तयार हुन्छे । पतिव्रता महिलाका लागि माता पार्वती सबैभन्दा उत्तम आदर्श उदाहरण हो ।

कुष्मान्डा

महिलाको पहिलो गुण हो जन्म दिनु । माता कुष्मान्डा जस्तै महिला जन्मदात्री हुन् । नारीको सबैभन्दा ठूलो रचना हो उनको पुत्र वा पुत्री । यो कुनैपनि कविको कविता, चित्रकारको चित्र वा आविष्कारकको आविष्कारभन्दा बढी हुन्छ । महिला जन्मजात सिर्जनशील हुन्छन् ।

स्कन्दमाता

बच्चालाई हरकिसिमले भरणपोषण गर्ने वा उनको रक्षा गर्नका लागि माता स्कन्दमाता वा गणेशकी माता जस्तै बन्छिन् । हरेक माता यशोदा, पार्वती, देवकी र कौशल्या जस्तै हुन्छ । उत्तम संकारयुक्त महिला आफ्नो सन्तानलाई मात्र होइन, केही पिढींलाई शुद्ध तुल्याउँछन् ।

सरस्वती

कुनैपनि बच्चाको पहिलो शिक्षिका आमा नै हुन्छिन् । आमाकै काखमा लुटुपुटु खेल्दाखेल्दै बच्चाले जीवनका धेरै कुरा प्राप्त गर्छन् । तोते बोली बोल्न, हिँड्न, रमाउन वा पारिवारिक संस्कारमा हिँड्न पनि आमाले नै सिकाउँछिन् । त्यही कारण आमा नै बच्चाको पहिलो र सबैभन्दा असल गुरु हुन् ।

अन्नपूर्ण

महिला चाहे जुनसुकै पेशा वा व्यवसायमा आवद्ध भएको होस्, उनीहरुमा पाककलाको विशेष गुण हुन्छ । परिवारलाई खाना ख्वाउने जिम्मेवारी पनि उनीहरुले नै निर्वाह गरिरहेका हुन्छन् । घरको भान्सा उनले नै सम्हाल्छिन् । ती माता अन्नपूणर्ा समान हुन्छिन् ।

लक्ष्मी

महिला नै घरको सुख र समृद्धिका आधार हुन् । महिला घरकी मियो हुन् । उनले नै परिवारलाई सन्तुलित ढंगले, संयमित ढंगले अगाडि बढाइरहेकी हुन्छिन् । सम्पूर्ण परिवारकी उर्जा पनि हुन् उनी ।

दुर्गा वा कालीमहिलाहरु आफ्नो घर परिवारको रक्षाका लागि बढी चिन्तित हुने गर्छन् । घरमा कुनै पनि किसिमको संकट आउनसक्छ, त्यसबेला महिलाले त्यस्ता संकटबाट मुक्त गराउनका लागि विशेष प्रयास गर्छन् । यसका साथै पराक्रमको सवालमा पनि महिलाहरु कम छैनन् । युद्धको मैदान होस् वा व्यापार होस वा राजनीति, कुनैपनि क्षेत्रमा उनले आफ्नो पराक्रम प्रदर्शन गरिरहेका हुन्छन् । महिलाले हरेक किसिमको साहसिक कार्य गर्न सक्छन् ।

गायत्री

महिलाको एक रुप वा गुण हुन्छ, गायत्री माता समान । वैदिक ज्ञानकी देवी गायत्री सबैलाई ज्ञानवान बनाउँछन् र संकट हटाउँछिन् । महिलाले स्वाध्यायनबाट वा आफ्नो अनुभवबाट धेरै कुरा सिकेका, बुझेका र जानेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment