Comments Add Comment

जीवनसाथीसँग मधुर सम्बन्ध : यी हुन् चार काइदा

भनिन्छ, परिवर्तन संसारको नियम हो । हामी पनि यही संसारको एक बस्तु भएकोले हामीमा पनि परिवर्तन आउनु अस्वभाविक होईन । तर, यही परिवर्तनले धेरै ठाउँमा राम्रो काम गरेपनि कहिलेकाहीँ यसले समस्या समेत सिर्जना गर्ने गर्दछ । जसरी हाम्रो जीवनकमा शारीरिक र मानसिक स्तर समेत परिवर्तन हुन्छ । यसले हाम्रो जीवनसाथीसँको सम्बन्धमा भने केही समस्या पनि सिर्जना गर्नसक्छ । विशेषगरी विवाहको समयमा भर्खरैको प्रेममा हामीले एक अर्कालाई जति वास्ता गर्दछौं । त्यत्ति वास्ता सधैंभरी गर्न नसक्दा यसले श्रीमान् श्रीमतीबीचको सम्बन्धमा समेत समस्या सिर्जना गर्न सक्छ ।

विवाह पश्चात् जब मानिस व्यवहारबाट थिचिँदै जान्छ । विवाहको समयलगत्तै एकअर्कालाई एकदमै ध्यान दिने पतिपत्नीले समय बित्दै जाँदा विविध कारणले एकले अर्कालाई पर्याप्त ख्याल गर्न नसकिरहेको हुनसक्छ । जसले गर्दा सम्बन्धमा समस्या सिर्जना हुनसक्छ । हाम्रो सम्बन्ध र प्रेममा भविष्य, बच्चा र परिवेश अनुसारको घर खर्च जस्तो उल्झनहरु आउने गर्दछ । जसका कारण हाम्रो प्रेम र अरु सम्बन्धमा समेत यसले समस्या सिर्जना गर्न सक्दछ ।

तर, यसलाई दुबै पक्षले ध्यान दिएर व्यवहार गर्ने हो भने सामान्य व्यवहारबाट पनि आफ्नो सम्बन्धलाई सधैं एकै किसिमले अघि बढाउन सकिन्छ । त्यसको लागि तल उल्लेख गरिएका ४ बुँदाहरुलाई ध्यानदिनु पर्नेछ ।

साना साना कुराहरुमा ध्यान दिनु

सम्बन्धलाई राम्रोसँग चलाई राख्नको लागि विवाहको समयताका आफ्नो जीवनसाथीसँग जस्तो व्यवहार गर्ने गरिन्थ्यो । त्यस्ता सानातिना विषयमा ध्यान दिईराख्नु पर्दछ । जसले गर्दा सामान्य मनमुटावमा पनि जीवनसाथीहरुबीच फाटो पैदा हुँदैन । यसमा हरेक दिन नयाँ कुराबाट मात्रै अरुलाई प्रभावित गर्नुपर्छ भन्ने जरुरी छैन । नियमित रुपमा आफ्नो जीवनसाथीलाई वास्ता गरिरहनुले सम्बन्धमा फाटो आएको परिवारमा समेत पुनर्मिलनको भएर पहिले जस्तै सम्बन्ध सुमधुर बन्न सक्छ ।

आफ्नो जीवनसाथीलाई समय समयमा उपहार पनि दिईरहनु पर्दछ । यसरी उपहारहरु पूर्व जानकारी नदिई दिनुपर्दछ । एउटा सानो उपहारले पनि सम्बन्धलाई मजबुत गराई राख्न मद्दत गर्ने गर्दछ । यस्तो अवस्थामा तपाईंको जीवनसाथीले समेत तपाईंलाई खुशी राख्नको लागि मौका कुरेर बस्दछन् । यस्तो हुँदा सम्बन्धमा रमाईलो पनि गुम्ने सम्भावना रहँदैन ।

नबदल्नुहोस् आफ्नो व्यवहार

सम्बन्धमा समस्या आएपछि धेरै मानिसले आफ्नो व्यवहार बदल्ने गरेका हुन्छन् । सम्बन्धमा समस्या नआएपनि कतिपय मानिसको समय अनुसार व्यवहार बदलिएको हुनसक्छ । तर, दीगो सम्बन्धको लागि त्यो पनि बाधक बन्नसक्छ । यस्तो अवस्थामा कुनै पनि हालतमा आफ्नो पुरानो व्यवहार बदल्नु हुँदैन । जस्तो कि बिहान उठेर ओछ्यान् छाडनुपूर्व आफ्नी साथीलाई चुम्बन् गर्नु या त कामबाट फर्किएपछि साथीसँग अँगालोमा बाँधिनु जस्ता व्यवहारहरुमा परिवर्तन ल्याउनु हुँदैन । यस्ता देख्दा सानो लाग्ने विषयहरु भएपनि सम्बन्धलाई मजबुत बनाईराख्नको लागि यो अनिवार्य छ ।

प्रशंसा गर्न नछाडौं

सम्बन्धलाई लामो समयसम्म पहिले जस्तै चलाईराख्नको लागि एकले अर्काेलाई प्रशंसा गर्न कन्जुस्याईं गर्नुहुँदैन । यही आफ्नो साथीले कुनैपनि राम्रो काम गरिरहेको छ भने त्यस्तो अवस्थामा उसको तारिफ गर्न नलजाऔं । यस्तो अवस्थामा आफ्नो साथीको प्रशंसा गर्ने मौका आफ्नो हातबाट गुमाउनु हुँदैन ।

पुरानो याद

यहि समय पुग्छ भने आफ्नो साथीसँग बसेर पुरानो समयको घटनालाई याद गर्नेगरौं । जब तपाईंहरुसँगै बसेर खुबै हाँस्नुभयो भने तपाईंको सम्बन्धलाई झनै प्रगाढ बनाउन मद्दत पुर्‍याउँछ । आफ्नो जस्तोसुकै राम्रो समयलाई पनि साथमा बिताउने गर्नुपर्दछ । सम्भव भएसम्म भर्खरै आफ्नो साथीसँग भेट्दा रमाईलो भएको ठाउँमा फेरि पनि जाने वा जान नसकेपनि सँगै बसेर स्मरणमात्रै गरेपनि यसले सम्बन्धलाई धेरै राम्रो गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment