Comments Add Comment

हिमालयन आर्ट फेस्टिभलमा थाङ्का चित्रकलाका उस्ताद लोक चित्रकार

इ–आर्टस् नेपाल एक अनलाइन आर्ट ग्यालरी हो । नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रबद्र्धन गर्ने उद्देश्यसहित यो सन् २०१० मा स्थापना भएको हो । कैयनै स्थानीय कलाकारहरू र उनीहरूका कलामार्फत सहकार्य गर्दै ई–आर्टस् नेपालले नेपाली संस्कृति र समाजबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्दै आएको छ ।

ई–आर्टस् नेपालद्वारा सन् २०१७ मा सुरु गरिएको हिमालयन आर्ट फेस्टिभल, नेपाली चित्रकलाका उत्कृष्ट संकलन र प्रदर्शनी हो । फेस्टिभलले नेपाली समकालीन नेपाली कलाप्रति व्यापक, समावेशी र समग्रात्मक दृष्टिकोण प्रदर्शन गर्छन, पेन्टिङ, पौवा, मूर्तिकला, स्थापनाकला (इन्स्टलेसन), फोटो, प्रिन्ट मेकिङ, सेरामिकसहितका विभिन्न शैलीका कलाका सयभन्दा बढी कलाकारका कार्यहरू प्रदर्शनका साथै प्रत्यक्ष प्रदर्शन पनि गराइरहेको छ ।

पौवा (थाङ्का) चित्रकलाका उस्ताद– लोक चित्रकार
सन् १९६१ मा जन्मनु भएका लोक चित्रकार नेपाली परम्परागत पौवा (थाङ्का) चित्रकलाका सीमित कलाकारमध्ये एक हुनुहुन्छ, स्वः अध्ययनबाट यस कलामा पारंगत हुनुभएका उहाँ आफ्नो कलाबाट विश्वभर परिचित छन् । एक प्राचीन अभ्यासलाई संरक्षित गर्दै लोक चित्रकारले पत्थर र वनस्पतीबाट प्राप्त रंगहरूको प्रयोगबाट र कुशलतापूर्वक प्राचिन परम्परासहित आफ्ना चित्रकलाहरू तयार गर्ने गरेका छन् ।

धार्मिक पर्व र वास्तुकलाहरूको शहरमा हुर्किएका चित्रकारले स्थानीय मन्दिरहरूका चित्रहरू अवलोकन गर्न घण्टौं बताउथे, यही क्रममा उनले १२ वर्षको उमेरमा आफ्नो पहिलो चित्रकला पूरा गर्नु भएको थियो । उनले केही समयपछि आफ्नो विद्यालयको अध्ययन छाडे र शास्त्रीय पाठ तथा चित्रहरूको स्वःनिर्देशित कठिन अध्ययनलाई निरन्तरता दिए ।

षडाक्षरी लोकेश्वरा (साहित्यिक अर्थ छ अक्षरका अवलोकितेश्वर), उनकोे उल्लेख्य पौभा(थाङ्का) चित्रकलामध्ये एक हो । अवलोकितेश्वरले सदैव जगतका प्रणालीहरूलाई मोक्ष प्रदान गर्नका लागि छ नश्वर स्थानमा हेरिरहेका हुन्छन् । मुख्य दुई हातहरूले नमस्कार वा अञ्जलीको भाव बनाइ रहेका हुन्छन्, जसमा रहेको बहुमूल्य रत्नहरू छ नश्वर लोकका प्रतीक हुन्, उनले चित्रका बारेमा भने ।

सिम्रिक आटेलियरका संस्थापक लोक चित्रकारका उल्लेखनीय चित्रकलाहरू नेपाल आर्ट काउन्सिल बबरमहलमा असोज १२ गतेदेखि १६ गतेसम्म चल्ने हिमालयन आर्ट फेस्टिभलअन्तर्गक पौवा चित्र वर्गमा प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment