Comments Add Comment

ल्यान्डरोबरको लेजिन्ड्री डीएनए ‘टाटा एच फाइभ’ (भिडियो रिभ्यू)

काठमाडौं । टाटाको एसयूभी ‘नेक्सन’ले जब बजारमा तहल्का पिट्यो, त्यसपछि त्यो भन्दा उत्कृष्ट गाडी ल्याउन दबाव थियो, टाटामाथि । त्यो चुनौती टाटाले पुनः एक पटक ‘एच फाइभ’मार्फत पुरा गरेको छ ।

सेगमेन्टकै सबैभन्दा प्रतिस्पर्धी मूल्यमा बजारमा प्रिमियम स्तरका गाडी प्रस्तुत गर्दै आएको टाटाले यसपटक एसयूभी सेगमन्टमा ‘एच फाइभ’ ल्याएर बजारमा फेरि अर्को धावा बोलेको छ ।

‘एच फाइभ’ भारतीय बजारमा ह्यारियर नामले चिनिन्छ । नेपाली बजारमा यसलाई ग्लोबल मार्केटकै नाम दिइएको छ । कम्पनीको दावीलाई मान्ने हो भने ‘एच फाइभ’ एसयूभीको फूल प्याकेज हो ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यो बहुप्रतिक्षित एसयूभीलाई नाडा अटो शोमा नेपाल भित्र्याएको थियो । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै यसले धेरैको ध्यान तानेको छ र ग्राहक पनि बटुलेको छ ।

५६ लाख ५५ हजारको शुरुआती मूल्य राखेर नेपाल आएको ‘एच फाइभ’ कम खर्चमै पि्रमियम एसयूभी सेगमेन्टमा प्रवेश गर्न चाहानेका लागि सबैभन्दा उत्तम अफर हो ।

एक्सटेरियर

‘एच फाइभ’को पुरा बनोट अविश्वसनीय छ । यो ल्यान्डरोवरको डी एट प्लेटर्फममा निर्माण गरिएको गाडी हो ।

जाग्वर ल्यान्डरोभर प्लेटर्फमका उपकरण प्रयोग गर्ने टाटाको पहिलो सवारी एच फाइभ हो, कम्पनीले यसलाई ‘लेजिन्ड्री डीएनए’ भनेको छ ।

यो गाडी एकदमै दरिलो र आनन्ददायी छ । झट्ट हेर्दा पनि यो गाडीको बनोट प्रिमियम देखिन्छ नै, यसको समग्र फिनिसिङलाई नियाल्दा टाटाको मिहिनेत पनि प्रष्ट झल्किन्छ । एच फाइभको डिजाइन आकर्षक मात्रै छैन, वैज्ञानिक र अपरम्परागत छ ।

यसको अघिल्लो भाग निकै प्रभावशाली छ । रेजर सार्प एलईडी डीआरएलएस छ, यसको अघिल्लो भागले सडकमा उपस्थिति जनाएको समयमा देख्नेहरुलाई मोहित पार्छ । बम्परको तल प्रपाजेक्टर हेड ल्याम्प र फग ल्याम्प दिइएको छ ।

भिडियो रिभ्यू

यसको भिजुअल क्यारेक्टर नै आक्रामक छ । यसमा ‘रबर फिल’का साथ १७ इन्जको एलोय ह्वील दिइएको छ । पछाडिको भागलाई पनि उत्तिकै दमदार बनाउन खोजिएको छ ।

यसमा यसमा फलो-मी होम फंग्सनको साथमा प्रोजेक्टर लेन्स हेडल्याम्प, एलाईडी डे टाइम रनिङ लाइट्स, एलईडी टेललाईट्स र इन्टिग्रेटेड टर्न इन्डिकेटर्सको साथ रियर भ्यु मिरर पनि दिइएको छ । बत्तीहरुको संयोजन र हेरक पार्ट्सको फिनिसिङमा टाटाले निकै कुशलतापूर्वक काम गरिएको देखिन्छ ।


यसको महत्वपूर्ण विशेषता भनेको २७४१ मिलिमिटरको लामो हि्वलबेस हुनु हो । यसको हि्वलबेस ल्यान्ड रोभर डिस्कभरी फोरको जस्तै छ ।

इन्टेरियर

इन्टरेरियरको पक्षलाई हेर्दा पनि ‘एच फाइभ’ कम्ताको छैन । गाडीमा बस्नासाथै इन्टेरियरले सबैलाई लोभ्याउन सक्छ । यसका लेगरुम, प|mन्टस्पेस, बुटस्पेस सबै फराकिला छन् ।

भित्री भागलाई यात्रुमैत्री बनाउन टाटाले निकै प्रयत्न गरेको देखिन्छ । सफा र चिटिक्कको इन्टेरियरले गाडीको अब्बलतामा अर्को इँटा थपेको छ ।


ड्यासबोर्डको बीचमा ८.८ इन्चको टचस्क्रीन छ । यसले एन्ड्राइड अटो र एपल कार-प्लेलाई सपोर्ट गर्छ । मिरर लिंक र नेभिगेसन सर्पोट सिस्टम पनि छ । यसको युजर इन्टरफेस गज्जबको छ । टच रेन्पोन्स पनि राम्रो छ । मल्टीफंग्सन डिस्प्ले आकर्षक छ । यसमा भएको जेबीएल इन्फोटेनमेन्ट सिस्टम एकदमै महँगा गाडीहरूमा मात्र उपलब्ध हुन्छ ।

अडियो, फोन र क्रुज कन्ट्रोल स्टयेरिङ ह्वीलको सुविधाजनक स्थानमा दिइएको छ ।

कारभित्र आल्मुनियम ब्रस फिनिसका साथ वुड फिनिस पनि छ, यसले क्याबिनलाई सुन्दर बनाएको छ । यसमा प्रयोग भएका म्याटेरियल र त्यसको गुणस्तर राम्रो देखिन्छ ।

क्याबिनभित्रका स्थानलाई स्मार्ट तरिकाले व्यवस्थित गरिएको छ । अघि र पछिका सिटहरु गज्जबका देखिन्छन् । हेड रुम र लेग रुममा पर्याप्त छ । गाडीभित्र स्पेशमा कन्जुस्याइँ गरिएको छैन । अग्ला व्यक्तिलाई पनि गाडीभित्र यात्रा गर्न कुनै कठिनाइ छैन ।

ट्राभलमा शोख भएकाहरुका लागि यो गाडी सबै हिसावले अब्बल देखिन्छ । किनभने यसमा ४२५ लिटर क्षमताको बुट स्पेश पनि छ, पछिको सिट मोड्ने हो भने यसलाई ८१० लिटरसम्म विस्तार गर्न सकिन्छ ।

ब्ल्याक र ब्राउन कलरको संयोजनले क्याबिनलाई आरामदायी देखाउँछ । पुस बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्सन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल र कुल्ड ग्लोब बक्स जस्ता विशेषताहरू पनि छन् ।

पर्फर्मेन्स

कार तथा एसयूभीलाई मन पराउने कुनै व्यक्ति जब एच फाइभभित्र बस्छ र राम्रा/नराम्रा सडकमा यसको परीक्षण गर्छ, चढ्ने र चलाउनेलाई यो सवारी अरुभन्दा कसरी फरक छ थाहा भइहाल्छ ।

गाडी जस्तो भूबनोटमा उभिन्छ, त्यस अनुसार सवारीको पर्फरमेन्सलाई बदल्न सकिन्छ, यसले गर्दा कठिन यात्रा पनि सजिलोजस्तो बनिदिन्छ ।

एच फाइभमा रहेको क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको यो इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।

एच फाइभको एक्सेलिरेसन राम्रो छ, यसले ड्राइभ सजिलो हुन्छ । यसमा सिटी, ईको र स्पोर्ट गरी तीन वटा ड्राइभिङ मुडको विकल्प पनि छ । एच फाइभमा टेरन रेस्पोन्स सिस्टम पनि छ,  जसले नर्मल, वेट र रफ मोडको विकल्प दिन्छ ।

एच फाइभको एबीएसले अफरोडमा निकै गज्जबले काम गर्छ । त्यसैले यो गाडी अफरोडका लागि पनि उत्तिकै प्रभावकारी देखिन्छ ।

यसमा ६ स्पीडको म्यानुअल ट्रान्समिसन छ, इन्जिनको पर्फर्मेन्सका हिसावले यो राम्रो छ ।  त्यसैले पनि यो गाडी नेपाली बाटो सुहाउँदो देखिन्छ । यसमा अफरोड एबीएस पनि छ ।

अफरोडमा जाँदा धेरै तेल खपत गर्ने, मर्मत खर्च बढ्ने लगायतका समस्या यसले दिँदैन । जस्तोसुकै सडकमा पनि यसको प्रभावकारिता उच्च हुने देखिन्छ ।

सुरक्षा

यो गाडीलाई सुरक्षित बनाउन टाटाले कुनै पनि सम्झौता गरेको देखिन्न । ६ वटा एयरब्याग छ । एबीएस विद ईबीडीको सुविधा छ ।

हिल होल्ड जस्ता सुरक्षा फिचर्स पनि छन् । गाडीमा अब्बल सेफ्टी फिचर्स खोजिरहेकाहरुका लागि टाटा एचफाइभ सबैभन्दा राम्रो विकल्प हुन सक्छ ।

यसमा सिट बेल्ट रिमाइन्डरका साथ आईएसओफिक्स चाइल्ड सिट, कर्नर स्टेबिलिटी कन्ट्रोल, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, रोलओभर मिटिगेसन र ब्रेक असिस्ट ६ जस्ता फिचर्स पनि छन् ।

विभिन्न ५ कलरमा उपलब्ध एच फाइभ आरामदायी पनि छ । यसको अघिल्लो भागमा म्याकर्फसन स्ट्रटको साथमा इन्डिपेन्डेन्ट फ्रन्ट सस्पेन्सन दिइएको छ । पछिल्लो भागमा पनि सेकी इन्डिपेन्डेन्ट टि्वस्ट ब्लेड सेट अप लगाइएको छ ।

रियर डिफगर, रिभर्स पार्किङ क्यामेरा, रिमोर्ट सेन्ट्रल लकिङ, पेरिमेटि्रक आलराम सिस्टम, स्पीड सेन्सेटिभ अटो डोर लक जस्ता सुरक्षा फिचर्सले पनि यसलाई सुशोभित गरेको छ ।

सबै पक्षलाई हेर्दा एच फाइभ टाटाको अहिलेसम्म्मकै उत्कृष्ट उत्पादन बन्न सक्छ, टाटाकै भाषामा भन्दा एच फाइभ यो कला पनि हो, विज्ञान पनि ।

तर यसमा कुनै कमजोरी छँदै छैन भन्ने हैन । गियर सिफ्ट र इन्जिन रिफाइन्मेन्टमा सुधार गरेमा यसले बजारमा अर्को उचाइ पाउने देखिन्छ । यसमा अटोमेटिक गियर बक्स र फोर ह्वील ड्राइभको सुविधा आवश्यक देखिएको सुझाव ग्राहकले पनि दिएका छन् ।

फोटोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment