Comments Add Comment

पदावधि थपसँगै भावी सेनापतिको दौडमा शर्मा

९ असोज, काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप गर्ने निर्णय गरेको छ । यससँगैसेनाको भावी नेतृत्वको दौडमा शर्मा अगाडि आएका छन् ।

जंगीअड्डाबाट भएको सिफारिसका आधारमा एक वर्ष दुई महिना १५ दिनका लागि पदावधि थप गर्ने निर्णय गरिएको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदावधि थप गर्ने निर्णय भएको पुष्टि गरेका छन् ।

उनको २ वर्षे पदावधि कात्तिकमा सकिँदै थियो । उपरथीमा पदावधि थपिएसँगै शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीको रुपमा हेरिएको छ ।

किनकी हालका बलाध्यक्ष रथी गौरव तण्डुलले आगामी वैशाखमा अवकास पाउनेछन् भने रथी शरद गिरीको असारमा । दुबै एक पटक कार्यकाल थप भइसकेको छ ।

त्यसैले दुबैले अवकास पाउँदा सेनापति थापा मुनीको वरियतामा स्वतः शर्मा उक्लनेछन् । भारतबाट नेश्नल डिफेन्स कोर्स (एनडीसी) गरेका शर्मा सेनाभित्रका व्यवसायिक अधिकृत मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment