Comments Add Comment

क्यासलेस ट्रान्जेक्सनको उपयोगिता

एउटा जमाना थियो, जब रुपैयाँ निकाल्नको लागि बैंकमा लामो लाइनमा उभिनु पर्दथ्यो । त्यो समयमा जागिरे व्यक्ति होस् अथवा व्यापारी, नगदी लेनदेन हुने गर्दथ्यो । जुन समस्याले भरिपुर्ण त थियो नै, रकम बढी छ भने पुलिसको सहयोग पनि लिनुपर्ने बाध्यता थियो । तर, समयको परिर्वतनसँगै एटिएम प्रयोग हुनथाल्यो । यसको प्रयोगले केही समस्याहरु कम भए । तर, सम्पूर्ण झन्झट र समस्याहरुबाट छुटकारा दिलाउनका लागि क्यासलेसको प्रयोग हुन थालेको छ । यो केवल सुरक्षित मात्र होइन, सहज पनि छ ।

के हो क्यासलेस ट्रान्जेक्शन ?

क्यासलेस ट्रान्जेक्सनको अर्थ, त्यसमा मानिसले आफ्नो हात अथवा पकेटमा नगद राख्नुपर्दैन । इलेक्ट्रोनिक माध्यमबाट अर्थात् इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड, वालेट आदिको माध्यमबाट लेनदेन गरिन्छ । यहाँसम्म कि अनलाइन सपिङ गरेर पनि यसबाट फाइदा उठाउन सकिन्छ । यसबाट शपिङ गर्न, फन्ड ट्रान्सफर गर्न, बिल पेमेन्ट गर्न र रिसिभ गर्न पनि सजिलै हुन्छ ।

लेनदेनमा सहज

यसको माध्यमबाट वित्तीय लेनदेन गर्न सजिलो हुन्छ । तपाईंलाई रुपैयाँको लागि बैंकहरुको चक्कर काट्नु पर्दैन, साथै एटिएम बुथसम्म जानुपर्ने आवश्यकता पनि पर्दैन । जहाँ बसेर पनि लेनदेन गर्न सकिन्छ, जुन मिनेट भरमै हुन्छ । जसको कारण समय पनि बचत हुन्छ ।

पैसा चोरी हुने खतरा हुँदैन

आज रुपैयाँ चोरी हुने, लुटिने जस्ता धेरै घटनाहरु सुन्न र देख्न पाइन्छ । यस्तो स्थितिमा जब हामी बैंक अथवा एटिएम जान्छौं अथवा कसैलाई नगद दिन्छौं, हामीलाई एउटै कुराले चिन्तित बनाउँछ– कतै हामी लुटिने त होइन ? हामी यस्तो कुराबाट डराउँदै पैसा आदान–प्रदान गर्छौं । तर, अनलाइन ट्रान्जेक्सनले हामीलाई यी सबै खतराहरुबाट छुट्कारा दिलाउने कामगर्छ । यसबाट तपाईं चिन्ता मुक्त भएर पैसाको लेनदेन गर्न सक्नुहुन्छ । तर, तपाईंले आफ्नो एकाउन्ट डिटेल र अनलाईन पासवर्ड कसैलाई पनि भन्नु हुँदैन । यो कुरालाई ध्यान दिनु अति नै आवश्यक छ ।

छुटको फाइदा

कार्डबाट ट्रान्जेक्सनमा केही प्रतिशत कर पनि छुट हुन्छ । यसको साथै यदि तपाईं डिजिटल माध्यम जस्तै क्रेडिट कार्ड, डेबिट कार्ड, ई–वालेटले कुनै कुराको बुकिङ गर्नुहुन्छ भने त्यसमा पनि छुट पाउन सक्नुहुन्छ ।

उधारोबाट छुटकारा

सपिङ गर्न जाँदा तपाईंसँग खुद्रा पैसा नभएको कारण अथवा पैसा कम हुनाले पसलेसँग तपाईले उधारो लिन पर्ने बाध्यता हुन्छ । यस प्रकारले तपाईको उधारो बढ्दै जान थाल्छ । तर, क्यासलेस सिस्टमले तपाईंको यो बानीलाई छुटकारा दिलाउछ । यसको प्रयोगले पसले अगाडि उभिएर आफ्नो समय खेरफाल्नु पनि पर्दैन ।

आपतकालीन अवस्थामा फाइदाजनक

समस्या कुन समयमा आउँछ, त्यो हामी कसैलाई थाहा हुँुदैन । सबैको घरमा नगद हुन्छ भन्ने पनि हुँदैन । त्यस्तो परिस्थितिमा यो सुविधा वरदान स्वरुप हुन्छ । यसबाट हस्पिटलमा अनलाइन पेमेन्ट गरेर बिरामीलाई राम्रो उपचार दिन सकिन्छ ।

सुविधा पनि कमाई पनि

अब हाम्रो देश पनि क्यासलेस सिस्टमतिर अगाडि बढ्दैछ । मानिसले आफ्नो दैनिक आवश्यकताको लागि गुगलमा यस्ता कुराहरुको साहारा लिन थालेका छन् । जसले मिनटमै फिल्मको टिकट, मोबाइल कार्ड रिचार्ज र सपिङ आदि सबै सम्भव गरेको छ ।

यसमा केवल मिनेटमा नै काम हुने मात्र होइन यसमा प्राप्त हुने धेरै किसिमको अफरहरुको पनि लाभ उठाउन सकिन्छ । यस प्रकारका अफरहरु अब सामान्य भैसकेका छन् । यस प्रकारका अफर र छुटले सुविधा पाउने मात्र नभई तपाईंको बचतको माध्यम पनि बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment