+
+
Shares

पाकिस्तानी विदेश मन्त्रीले भारतीय समकक्षीलाई भने– कश्मीरका कसाइ !

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १० गते ९:००

१० असोज, काठमाडौं । पाकिस्तानी विदेश मन्त्री शाह महदुद कुरैशीले भारतीय समकक्षी एस जयशंकरलाई कसाइको संज्ञा दिएका छन् ।

न्युयोर्कमा भएको सार्क विदेश मन्त्रीस्तरीय बैठकमा  जयशंकरलाई बहिस्कार गरेका कुरैशीले उनको  पछिल्लो कार्यशैलीप्रति आक्रोस पोख्दै  कडा अभिव्यक्ति दिएका हुन् ।

इन्डियन एक्सप्रेसका अनुसार, मन्त्रिस्तरीय बैठकमा कुरैशी एस जयशंकर रहँदासम्म प्रवेश नगरी बाहिरै बसेका थिए । भारतीय समकक्षी बाहिरिएलगत्तै प्रवेश गरेका उनले कश्मीरका कसाइ जयशंकर सहभागी भएकाले आफू बैठकमा नआएको बताएका थिए । ‘तपाईंलाई के लाग्छ, म कश्मीरका कसाइसँगै बस्छु’, बैठकस्थलमा कुरैशीले व्यक्त गरेको भनाइ उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ ।

पछिल्लो समय भारतले कश्मीरलाई दिएको विशेष संवैधानिक अधिकार खोसेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ ।

कुरैशी सहभागी नभएको बैठकमा जयशंकरले पाकिस्तानलाई चुनौतीपूर्ण छिमेकीका रूपमा वर्णन गरेको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । पाकिस्तानसँगको सम्बन्ध चिसिरहेका बेला जयशंकरले आतंकवादको हतियार हुने छिमेकीसँग वार्ता गर्न नसक्नेसमेत प्रष्ट पारे । पाकिस्तानसँग क्रिकेट खेल्ने सवाल नरहेको पनि उनले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?