Comments Add Comment

‘मिस्टर नेपाली’को ‘हे मेरा परदेशी दाजु भाई’ रिलिज

कात्तिक २९ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘मिस्टर नेपाली’को दशैं लक्षित एक गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘हे मेरा परदेशी दाजु भाई’ बोलको गीतले विदेश गएका नेपालीहरुको कथा भनेको छ । चलचित्रको यो गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत छ ।

यो चलचित्रमा भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तवको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । देव भुषालको लेखन, पटकथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा प्रेमराज दाहालको लगानी छ । चलचित्रमा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देख्न पाइनेछ । विशेषगरि, परदेशमा रहेपनि मन त तेपाली नै हुन्छ भन्ने कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment