+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
161/6 (19.3)
Shares

चराले गीत गाउने अनौठो प्रतियोगिता, विजेतालाई अढाई लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ११ गते १२:०१

काठमाडौं । हामीकहाँ मान्छेले गीत गाउने विभिन्न खाले प्रतियोगिताहरु हुने गरेका छन् । तर यो दुनियामा मान्छेले मात्र गीत गाउने प्रतियोगिता हैन चराले गीत गाउने प्रतियोगिता पनि हुन थालेको छ ।

चराले गीत गाउने यस्तो प्रतियोगिता थाइल्याण्डमा भएको छ । थाइल्याण्डको नारथीवाटमा पंक्षीहरुको संगीत प्रतियोगिता भएको हो ।

उक्त प्रतियोगितामा थाइल्याण्डका अलावा सिंगापुर र मलेसियाबाट समेत गरी १८ सयभन्दा धेरै चराहरुले गीत गाएर भाग लिएका छन् । चार महिनाको तालिमपछि चराहरुले प्रतियोगितामा भाग लिएका हुन् । अघिल्लो वर्ष पनि थाइल्याण्डमा यस्तो प्रतियोगिता भएको थियो ।

चरा मालिकहरुले प्रतियोगिता हुनुभन्दा चार महिनाअघि नै आफ्ना चराहरुलाई तालिम दिन सुरु गर्दछन् । प्रतियोगितामा बुलबुल, सुगा, परेवालगायतका चराहरु सहभागी हुन्छन् । प्रतियोगिता विभिन्न चार चरणमा हुने गरेको छ । प्रत्येक राउण्डमा चराहरुले कम्तिमा ३ पटक २५ सेकेण्डसम्म गीत गाउनु पर्दछ ।

प्रतियोगिताका क्रममा चराहरुलाई १५ फिट उचाइको खम्बामा पिँजडाभित्र राखिन्छ । त्यसपछि ती चराहरुलाई पटकपटक गीत गाउन लगाइन्छ ।

निर्णायकहरुले हरेक चराहरुलाई उनीहरुको गायनको आधारमा नम्बर दिन्छन् हरेक पटक । जुन पंक्षीलाई अन्त्यमा सबैभन्दा धेरै नम्बर प्राप्त हुन्छ, उही नै विजेता बन्दछ । प्रतियोगिता जित्ने चराले पुरस्कार पनि पाउँदछ ।

यो पटकको विजेताले झण्डै अढाई लाख रुपैयाँ बराबरको रकम पुरस्कार पाएको छ । जबकी गत वर्ष विजेतालाई १ लाख १५ हजार रुपैयाँ बराबरको रकम पुरस्कार दिइएको थियो ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?