+
+
Shares

कुमारी बैंकको १९औंं वार्षिक साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ११ गते १९:०८

११ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडको १९औं वाषिर्क साधारण सभा भएको छ । बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाज्यूको अध्यक्षतामा नक्सालस्थित नक्साल ब्यानक्वेटमा सम्पन्न भएको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वाषिर्क प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७५/०७६ को लागि १० प्रतिशत बोनस शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु.९ अर्ब ५५ करोड हुनेछ ।
आर्थिक वर्ष २०७५/७६ को मसान्तसम्म बैंकले कुल निक्षेप रु.८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा रकम रु. ७६ अर्ब ९८ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ७६ करोड तथा रु.१ अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आˆना सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?