Comments Add Comment

पुस्तौं पुस्तासम्मलाई दुख दिईरहन्छन् यी रोगहरुले

धेरैलाई अनुवांशिक रोगको समस्याले सताईरहेको हुनसक्छ । पुस्ताहरुलाई लागेको रोग उनको सन्ततीलाई समेत लाग्नु नै अनुवांशिक रोगको मूल विशेषता हो । यो पूर्खाको वंश वा जीनको माध्यमबाट अर्काे पुस्तामा सर्ने गर्दछ । अनुवांशिक रोगहरु पनि कुनै सामान्य स्वभावका हुन्छन् भने कुनै मानिसको ज्यानै लिने स्वभावका समेत हुन्छन् ।

जस्तो हाम्रो गुणहरु हुन्छन् । आमा या बाबुको गुण सन्तानहरुमा सर्ने गर्दछ । त्यसलाई हामी गुणसूत्र नामले चिन्छौं । यही गुण सूत्र जस्तै पुस्तामा हस्तान्तरित हुने रोग वंशाणुगत रोग हो । तल केही रोगहरुको बारेमा उल्लेख गरिएको छ । जुन अनुवांशिक स्वभावको हुन्छ ।

डीप वेन थ्रोम्बोसिस

यो रोग एक किसिमको रगत सम्बन्धी समस्या हो । जुन शरीरको नशाको गहिराईमा देखिने गर्दछ । जब नशामा रगत गाढा बनेर बस्छ । प्रायः यस्तो रोग मानिसको खुट्टाको फिलामा देखिने गर्दछ ।

मल्टीपल स्केलेरोसिस

मानिसको मस्तिस्कको तन्त्रिकाहरुको रोग प्रतिरोधात्मक क्षमता सामान्य गर्ने सेल क्षतिग्रस्त हुँदा यो रोग लाग्ने गर्दछ । यसमा एण्टिबडी मस्तिस्क, हड्डी र आँखाको नशामा समेत यसले असर गर्छ । यो पनि अनुवंशीय रोग हो ।

मधुमेह

मधुमेह पनि एक अनुवांशिक रोग हो । चपाउने एवं पचाउने सम्बन्धी प्रक्रियामा हुने बिरामीको एउटा समूहमा यो पर्दछ । जसमा लामो समयसम्म उच्च स्तरमा रगतमा चिनीको मात्रा बढ्ने गर्दछ ।

हेमोचरोमाटोसिस

हेमोचरोमाटोसिसलाई नेपालीमाभन्दा रक्तवर्णकता नामले चिनिन्छ । यो पनि एक किसिमको रोग हो । जुन रोग शरीरमा एकदमै धेरै फलाम जम्मा हुँदा लाग्ने गर्दछ ।

थैलेसीमिया 

यो रोग लाग्दा शरीरमा हेमोग्लोविनको निर्माण प्रक्रियामा समस्या सिर्जना हुने गर्छ । यो रोग लागेका बच्चाको शरीरमा रगतको भारी कमि हुने गर्दछ । यो रोग लागेका मानिसको शरीरमा रगतको अभाव भईरहने भएकोले समय समयमा बाहिरी रगत दिईरहनु आवश्यक हुन्छ ।

सि‍स्टिक फाइब्रोसिस

सिस्टिक फाइब्रोसिसएक पनि एक किसिमको अनुवांशिक रोग हो । जसले शरीरको कैयौं भागलाई प्रभावित गराउने गर्दछ । जसमा प्याङ्क्रियाज, मूत्राशयको अंग, जनेन्द्रीय र पसिना ग्रन्थीहरु सामेल छन् ।

हिमोफिलिया

यस रोग लाग्दा शरीरभन्दा बाहिर बगेको रगत जम्दैन । जसकाकारण चोट या दुर्घटनामा यो धेरै खतरनाक बन्ने गर्दछ । किनकी रगत बग्न थालेर जमेन भने केही क्षणमा नै मानिसको ज्यान समेत जान सक्छ ।

डाउन सिन्ड्रोम

डाउन सिन्ड्रोम एक आनुवंशिक रोग हो, जो धेरै कम मानिसलाई मात्रै लाग्ने गर्दछ । यस रोगमा केवल बच्चाको शारीरिक मात्रै होइन मानिसिक विकास समेत मन्द गतिमा हुने गर्दछ । यसका अलावा कुनैपनि प्रकारको एलर्जी र पटक पटक गर्भपातको समस्या पनि अनुवांशिक समस्या हो ।

चिकित्सकहरुले यस्ता रोगहरु लाग्न नदिनको लागि खानामा ध्यान दिने, समय समयमा चिकित्सकहरुसँग परामर्श लिईरहने र नियमित स्वास्थ्य परीक्षण गराईरहने गर्नुपर्दछ । यस्ता रोगहरुको संकेत मिलेसँगै त्यसको उपचारमा लाग्नुपर्ने सुझाव चिकित्सकहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment