
१२ असोज, काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले अहिलेसम्म दुर्घटना नगराएका चालकलाई सम्मान गर्ने भएको छ ।
नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठजस्ता पर्वलाई लक्षित गरेर ट्राफिकले थालेको दुर्घटना अभियानअन्तर्गत सवारी चालकलाई सम्मान गर्न लागिएको हो ।
‘दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आज बिहान ७ जना चालकलाई सम्मान गर्दैैछौं’, महाशाखाका एसपी रविकुमार पौडेलले भने, ‘हामी असल चालकलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मानित गर्नेछौं ।’
सम्मान पाउनेमा विशेषतः लामो दूरीका सवारी चालक छन् । बसपार्कमा आयोजना हुने कार्यक्रममा चाकललाई उत्प्रेरणाका लागि भनेर फूल, माला लगाइदिएर बिदाई समेत गरिने पौडेलले अनलाइनखबरलाई बताए ।
उनका अनुसार कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि उपस्थित हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4