Comments Add Comment

साम्राज्ञीको फिल्मको इनिसियल व्यापार किन कमजोर ?

एउटा कुरा के सत्य हो भने, कुनै पनि चलचित्र दर्शकलाई मन परेन भने चल्दैन । विश्वमा नाम कहलिएका सुपरस्टारहरुको चलचित्र पनि खराब हुँदा बक्स अफिसमा फिक्का बनेका छन् । तर, सुपरस्टारहरुको चलचित्रले पहिलो दिन राम्रै व्यापार भने गरेका छन् । नेपाली चलचित्रका निर्माताले पनि केही कलाकारलाई महंगो पारिश्रमिक दिनुको कारण हो, इनिसियल व्यापार र राम्रो काम ।

निर्माता तथा निर्देशक अशोक शर्माले चलचित्र ‘रातो टिका निधारमा’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई १६ लाख पारिश्रमिक दिएको चर्चा भयो । यो पारिश्रमिक उनले साम्राज्ञीको बजार क्रेज, व्यापारमा फरक पर्ने अपेक्षा सहित नै लगानी गरेका हुन् ।

 

तर, शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘रातो टिका निधारमा’मा इनिसियल व्यापारमा भने चुकेको छ । शुक्रबार र शनिबार नै चलचित्रको व्यापार अपेक्षित छैन । हुनत, आजबाट दशैं लागेपनि सार्वजनिक बिदा भने असोज १८ गतेबाट मात्रै छ । यसैले पनि यसको निर्माणपक्षलाई दशैंको बिदामा चलचित्रले राम्रो व्यापार गर्ने आशा रहनु स्वभाविक नै हो ।

तर, साम्राज्ञीको नाममा इनिसियल व्यापार भने हुन सकेन । हुनत, एक महिना अगाडि रिलिज भएको साम्राज्ञी अभिनित चलचित्र ‘मारुनी’को इनिसियल व्यापार पनि अपेक्षित थिएन । बरु, वर्ड अफ माउथ राम्रो हुँदा ‘मारुनी’ले सोमबारदेखि राम्रो व्यापार गरेको थियो ।

‘रातो टिका निधारमा’को निर्माण टिम पनि वर्ड अफ माउथकै आशामा देखिनुपर्ने भएको छ । आखिर, नायिका शाहको चलचित्रले इनिसियल व्यापार गर्न किन सकिरहेका छैनन् । साम्राज्ञीका विवादस्पद बयान र तस्वीर आदि कारणले पनि उनको क्रेज कमजोर बनेको हुनसक्छ । साम्राज्ञीले यो बिषयमा गम्भिर भएर सोच्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment