Comments Add Comment

एचपीएमएफ नेपाल च्याप्टरको अध्यक्षमा होटेल अन्नपूर्णका कोइराला

१२ असोज, काठमाडौं । भारतको हस्पिटालिटी पर्चेजिङ म्यानेजर्स फोरम (एचपीएमएफ) ले नेपालमा आफ्नो आधिकारिक नेपाल च्याप्टर विस्तार एबम् सार्वजनिक गरेको घोषणा छ । शनिवार कम्पनीले भक्तपुरको सल्लाघारीमा फूडटेक प्रदर्शनीमा उक्त घोषणा गरेको हो ।

एचपीएमएफ हस्पिटालिटी उद्योगको भारत र अन्य मुलुकमा फैलिएको पहिलो  व्यावसायिक मञ्च हो । यसका १२ ओटा शाखा भारत र दुईओटा शाखा मध्यपूर्व र श्रीलंकामा छन् । अब यो सूचीमा नेपाल पनि थपिएको छ ।  एचपीएमएफले आफ्नो पहिलो च्याप्टर भारतको मुम्बईमा सन् २०१० को नोभेम्बरमा खोलेको थियो । अहिले यसको सदस्यता २ हजार ६०० पुगिसकेको छ ।

एचपीएमएफका उपाध्यक्ष सञ्जय गोयलले पर्चेजिङ म्यानेजर्सको महत्वमाथि प्रकाश पार्दै एचपीएमएफ चाहनाभन्दा पनि आवश्यकता बनिसकेको बताए । सहकार्य र सञ्जालको माध्यमबाट विश्वलाई जोड्ने मञ्चको उद्देश्य छ ।

मञ्चले नेपाल च्याप्टर बिस्तारगरेसँगै पदाधिकारीको छनोट पनि गरेको छ । जसमा अध्यक्षमा होटेल अन्नपूर्णका पर्चेज मेनेजेर कुमार कोइराला नियुक्त भएका छन् । नेपाल च्याप्टरका अध्यक्ष कुमार कोइरालाले नेपालमा यस किसिमको पहिलो नेपाल च्याप्टर विस्तार भएकोमा आफूहरू निकै उत्साहित भएको बताए ।

त्यस्तै महासचिवमा रुपेश सिंह (पर्चेज मेनेजेर मेरियट होटेल), सक्रिय सदस्यहरूमा महेश महर्जन पर्चेज मेनेजेर पार्क भिलेज होटेल) , सुनिल शाक्य (पर्चेज मेनेजेर चन्द्रागिरी हिल्स होटेल), प्रमिला गोयल (मिराज लर्ड्स होटेल) नियुक्त भएका छन् ।

उक्त कार्यक्रममा नेपालका ५२ व्यावसायिक क्षेत्रका व्यक्ति नेपाल च्याप्टरको सदस्य बनेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment