News Summary
Generated by OK AI. Editorially reviewed.- चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले भूमिगत विद्युत्गृहमा थुप्रिएको गेग्रान र भग्नावशेष हटाउन २ करोड ७४ लाख ७६ हजार ८ सय ४९ रुपैयाँ ४२ पैसा लागतको ठेक्का आह्वान गरेको छ ।
- बोलपत्रमा सहभागी हुन ५ लाख ९० हजार रुपैयाँ धरौटी र पछिल्ला १० वर्षका उत्कृष्ट तीन आर्थिक वर्षको औसत वार्षिक निर्माण कारोबार २ करोड ९३ लाख हुनुपर्ने छ ।
- इच्छुक निर्माण व्यवसायीले १८ कात्तिकसम्म धुम्बाराहीस्थित कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्, र सोही दिन दिउँसो साढे १२ बजे खोलिने छ ।
१३ कात्तिक, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहको सफाइ गर्न ठेक्का आह्वान गरिएको छ ।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले आयोजनाको भूमिगत विद्युत्गृहमा थुप्रिएको गेग्रान तथा भग्नावशेष हटाउन ठेक्का आह्वान गरेको हो ।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै भूमिगत विद्युत्गृहको मलबा सफाइका लागि बोलपत्र आह्वान गरेको हो । कम्पनीले उक्त कामका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ करोड ७४ लाख ७६ हजार ८ सय ४९ रुपैयाँ ४२ पैसा लागत अनुमान गरेको छ ।
बोलपत्रमा सहभागी हुन इच्छुक निर्माण व्यवसायीले ५ लाख ९० हजार रुपैयाँ न्यूनतम धरौटी राख्नुपर्ने छ । बोलपत्र दस्तुर भने ५ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार बोलपत्रमा सहभागी हुन पछिल्लो १० वर्षभित्रका उत्कृष्ट तीन आर्थिक वर्षको औसत वार्षिक निर्माण कारोबार कम्तीमा २ करोड ९३ लाख हुनुपर्ने छ ।
त्यस्तै समान प्रकृति तथा आकारको काम गरेको अनुभव कम्तीमा १ करोड १७ लाख २० हजार रुपैयाँ बराबरको हुनुपर्ने छ ।
इच्छुक तथा योग्य निर्माण व्यवसायीले १८ कात्तिकसम्म चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको धुम्बाराहीस्थित कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन् । सोही दिन दिउँसो साढे १२ बजे बोलपत्र खोलिने कम्पनीले जनाएको छ ।
बोलपत्र ९० दिनसम्म मान्य हुनुपर्ने छ भने बोलपत्र जमानतको वैधता अवधि ३० दिन थप हुनुपर्ने सूचनामा उल्लेख छ । कम्पनीले सार्वजनिक खरिद ऐनको दफा ६६, सार्वजनिक खरिद नियमावलीको नियम १४५ तथा कम्पनीको विनियमावलीको उपनियम २३ (२) बमोजिम हालको आपत्कालीन अवस्था ध्यानमा राखेर छोटो अवधिको बोलपत्र प्रक्रिया मार्फत खरिद प्रक्रिया अघि बढाएको जनाएको छ । १० भदौमा भोटेकोशीमा आएको बाढीका कारण चिलिमे जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।
प्रतिक्रिया 4