Comments Add Comment

वडाध्यक्षद्वारा विष्णु गाउँपालिकाका अध्यक्षलाई कारबाही गर्न माग

१२ असोज, काठमडौं । वडाध्यक्षहरुले सर्लाहीको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा अध्यक्ष यादवले आर्थिक हिनामिना गरेको दावी गर्दै गाउँपालिकाका पाँचजना वडाध्यक्षहरुले कारबाही गर्न माग गरेका हुन् ।

आइतबार रिपोर्टस् क्लब काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले सम्बन्धित निकायले गाउँपालिकाका अध्यक्ष यादवमाथि कारबाही नगरे न्यायका लागि अदालत जान बाध्य हुने चेतावनीसमेत दिए ।

विष्णु गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामप्रवेश साहले आर्थिक हिनामिनामा संलग्न गाउँपालिका अध्यक्ष यादवमाथि कारबाही नभए अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा न्यायका लागि जान बाध्य हुने बताए ।

यस्तै, वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु रायले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को बजेटसमेत आफ्ना आसेपासेलाई बाँडेर हिनामिना गर्ने काम अध्यक्ष यादवले गरेको भन्दै कारबाहीको माग गरे ।

उनले वडा तहको योजनासमेत सार्वजनिक नगरेर अध्यक्ष यादवले आफूहरुमाथि अन्याय गरिरहेको गुनासो पनि गरे ।

गाउँपालिका अध्यक्ष यादवले सार्वजनिक खरिद ऐनको समेत पटक-पटक उलंघन गर्ने काम गरिरहेको भन्दै वडाध्यक्षहरुले आक्रोश व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment