+
+

‘दुर्गा उत्सव’ कालिकास्थानकाे अमृतभोग कम्प्लेक्समा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १८:१९

१२ असोज, काठमाडौं । विगत ४२ वर्षदेखि काठमाडौंमा हुँदै आएको दुर्गा उत्सव कालिकास्थानस्थित अमृत भोग कम्प्लेक्समा हुने भएको छ ।

‘श्री श्री सार्वजनिन् दुर्गा पूजा समिति’ले आयोजना गर्दै आएको दुर्गा उत्सव अमृतभोग कम्प्लेक्समा असोज १७ देखि सुरू हुनेछ ।

उत्सवमा दुर्गा पूजा लगायत डान्डिया, गर्बा र धुनुची नाचका कार्यक्रमहरु पनि हुनेछन् ।

‘दुर्गा पूजाको उत्सवले हाम्रो परिवारमा छोरीको महत्वलाई झल्काउँछ’, पूजा समितिले भनेको छ, ‘पहिलेका वर्षहरुमा जस्तै यस वर्ष पनि अमृत भोगमा धेरै मानिसहरु दुर्गा पूजाको लागि आउनेछन् भन्ने हाम्रो विश्वास छ ।’

समितिले विस २०३५ देखि दुर्गा उत्सव आयोजना गर्दै आएको छ। गतवर्ष पूजामा ५० हजार भन्दा धेरैको सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?