+
+
Shares

ब्याडमिन्टन खेलाडी छनोट सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १९:०२

१३ असोज, काठमाडौं । नेपाल ब्याडमिन्टन संघले १३ औं दक्षिण एसियाली खेलकुदका लागि सोमबारबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ ।

पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु बन्द प्रशिक्षणमा थिए ।

प्रशिक्षणरत ३४ खेलाडीहरुबाट १३ औं सागका लागि १० पुरुष र १० महिला गरी २० जना खेलाडीको लागि फाइनल छनोट सुरु गरिएको हो । छनौट प्रतियोगिता लिगको आधारमा सञ्चालन हुने संयोजक एवं नेपाल ब्याडमिन्टन संघका सचिव नविनविक्रम शाहले जानकारी गराए ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबारदेखि सुरु भएको फाइनल चरणको छनोट तीन दिनसम्म हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?