+
+

नुवाकोटको दुप्चेश्वर गाउँपालिका कार्यालयमा शङ्कास्पद वस्तु   

रासस रासस
२०७६ असोज १५ गते १५:०८

१५ असोज, बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा आज शङ्कास्पद वस्तु फेला परेको छ । वडा नं ६ समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालयभित्र सकेट बमजस्तो शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार कार्यालयको मुख्य ढोका (फलामे चेन गेट)बाट भित्रको कोठा परिसरमा विष्फोटक पदार्थ जस्तो देखिएको बस्तु राखेको अवस्थामा फेला परेको हो । उक्त स्थानमा अहिले प्रहरी सुरक्षा दिइरहेको छ भने डिष्पोज गराउन जबरजङ्ग गण देवीघाटबाट नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?