Comments Add Comment

दशैंमा यसरी सजाउन सकिन्छ घर

त्यसो त घर सधैं, सुन्दर र आकर्षक हुनु आवश्यक हुन्छ । घर भनेको त्यस्तो कुरा हो, जहाँ मानिसले आफ्ना कैयौं सपना बुनेका हुन्छन् । आफ्नो परिवारसँग हरेक दुःख-सुख बिताएको हुन्छ । त्यसैले सबैलाई आफ्नो घर प्यारो लाग्छ । दिनभरी मानिस जहाँ गएपनि राति भएपछि ऊ आफ्नो घर आउन खोज्छ ।

त्यसैले आफ्नो घरलाई सुन्दर बनाइराख्नु हामी सबैको दायित्व हो । विशेष गरेर हाम्रो महान चार्ड दशैं-तिहारमा घरको साज सज्जा गर्ने पुरानो परम्परा हो । यी दुई महान् चार्डर्पर्वको बेला घर सुन्दर र आकर्षक बनाउने एउटा छुट्टै इच्छा जाग्नेगर्छ ।

हामी घरको कुनै सर-सामान अथवा भित्ताका रंगहरु परिर्वतन गर्नुपर्नेछ भने दशैंलाई कुर्छौंं । उपभोक्ताहरुको यही धारणालाई मध्यनजर राखेर बजारमा घर साज-सज्जाका सामानहरु र रंगहरुमा दशैं अफर राखिएको छ । दशैंमा घर रंगाउनु र सरसफाई गर्नु सामान्य कुरा भइसकेको छ । तर, घरलाई हरेक दशैंमा नयाँ-नयाँ शैलाको मेकओभर, त्यो पनि कम बजेटमा गर्नु एउटा चुनौती नै हुन्छ । किनभने दशैंको समयमा घरलाई एउटा पारम्परिक लुक दिने कोशिस गरिन्छ ।

घर सरसफाई गर्ने क्रममा घरबाट निस्किएका फोहोरहरुसँगै दियो, क्यान्डल, वालपेपर जस्ता घर सजावटका सामग्रीहरुलाई एक छेउ लगाएर राख्नुपर्छ । घर सरसफाईपछि आवश्यक अनुसार ती कुराहरुले पनि घर सजाउन सकिन्छ ।

सधैं प्राकृतिक तरिकाले सजाइएको घर नै सबैको आकर्षणको केन्द्र बन्छ र यसले घरलाई चिरिच्याट्ट देखाउँछ ।

पुराना सामान हटाएर घरलाई सफा ‘लुक’

सकारात्मक वातावरणका लागि घरका सबै पुराना सामानहरु हटाएर घरलाई सफा ‘लुक’ दिनुपर्छ । फूलहरुको सजावटले घरको परिवेश अति नै सुन्दर र ताजगीपूर्ण हुन्छ । त्यस्तो घरमा बस्ने मानिसको मुड पनि फ्रेस हुन्छ । यद्यपि ताजा फूलको प्रयोग गर्नाले दिनहुँ त्यसलाई फेर्नै पर्ने झन्झट हुनसक्छ । त्यसैले आर्टिफिसियल फूलहरुको सहयोगले पनि घर सजाउन सकिन्छ ।

रंगीन कुराहरुले घर सजाउनुपर्छ

चार्डर्पर्वमा रंगीन बल्बहरु हेर्दा सुन्दर देखिन्छ, तर त्यसलाई सही तरिकाले कोठाहरुमा लगाउनु जरुरी छ । त्यसले तपाईको खुशीलाई पनि व्यक्त गर्दछ । त्यस्ता स-साना बल्बहरुले कौसी र झ्यालहरुलाई फरक-फरक आकारमा सजाउन सकिन्छ । त्यसबाहेक ट्रेडिसनल ल्याम्प, माटो र पित्तलको दियो, स्टि्रप्स आदिको प्रयोगले घर सजाउन सकिन्छ ।

सिल्क अथवा ब्रोकेड कपडा

चार्डपर्वमा सिल्क अथवा ब्रोकेड कपडाले एउटा छुट्टै लुक प्रदानगर्छ । हुनत यसरी घर सजाउने परम्परा भारतमा बढी चर्चित छ । तर, आजभोलि नेपालमा पनि कपडाले घर सजाउने चलन बढ्न थालेको छ । रातो, गुलाबी, सुन्तला, बैजनी आदि रंगहरुका कपडाले सोफा, टेबल र पर्दालाई क्रिएटिभ तरिकाले बाध्न र बिछ्याउन सकिन्छ ।

खाली भित्ता सजाउनका लागि

खाली भित्ता सजाउनको लागि एउटा भित्तामा गाढा रंग त अर्को भित्तामा फिक्का रंग लगाउनुपर्छ । त्यस्तो भित्तामा वालपेपरले पनि राम्रो लुक दिन्छ । वालपेपर सस्तो हुनुको साथ-साथै आकर्षक लुकपनि प्रदान गर्छ ।

गलैँचाको प्रयोग

गलैँचाले कोठा सजाउनु पनि उपयुक्त उपाय हो । एउटा सुन्दर कार्पेटले कोठाको सुन्दरतालाई फर्निचरले झैं आकर्षक बनाउँछ । फर्निचरको हिसाबले नै कार्पेटको रंग छनौट गर्नुपर्छ ।

फूलहरुले घर सजाउनुपर्छ

तिहारमा अचेल घरको आँगन अथवा बरण्डामा रंगाली बनाउने चलन बढेको छ । रंगोलीको वरिपरी फूलले सजाउन सकिन्छ ।

लाइट अथवा फूलको प्रयोग

यदि घरमा पित्तलको सजावटका बस्तुहरु छन् भने तिनलाई सफा गरेर उज्यालो ठाउँमा राख्नुपर्दछ र कृतिम फूल अथवा लाइटले सजाउनुपर्छ । यसले पनि घरलाई परम्परागत लुक दिन सहयोग पुर्‍याउँछ ।

ध्यान दिनुपर्ने कुराहरु

आजको ब्यस्त जीवनमा समयको अभाव छ । यस्तोबेला केही त्यस्ता सजावटका तरिकाहरु छन्, जसलाई तपाईंले घरमै बसेर कम समयमै घरलाई सुन्दर बनाउन सक्नुहुनेछ ।

-क्विक मेकओभरमा पर्दालाई परिवर्तन गरेर क्लासी लुक दिनसकिन्छ ।

-सानो-सानो प्लान्टका रंगी-बिरंगी पटहरु राखेर त्यसलाई झिलिमिली बत्तिले सजाउन सकिन्छ ।

-गोल्डेन कलरको डेकोरेटिभ पिस ल्याएर आकर्षक रुपले सजाउन सकिन्छ ।

-बाथरुममा टिस्यु पेपर, टेबल तथा डोरम्याटलाई एउटै रंगको बनाउने ।

-घरलाई सुगन्धित बनाउने स-साना इन्डोर प्लान्ट लगाउने ।

-सुन्दर डेकोरेटिभ फ्रेम भएको ऐनालाई आवश्यकता अनुसार सजाउने ।

-ब्रास तथा सिल्भरका एक्सेसरीजहरुलाई  फूलहरु, ल्याम्प अथवा दियोले सजाएर परम्परागत लुक दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment