Comments Add Comment

अर्थमन्त्री खतिवडा भारत प्रस्थान

१५ असोज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा भारत प्रस्थान गरेका छन् । भारतमा असोज १६ र १७ गते हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । उनले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा समेत सहभागीहरुलाई जानकारी गराउने कार्यक्रम छ ।

कार्यक्रमकै क्रममा अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्नेछन् ।

भारतीय समकक्षी अर्थमन्त्री निर्मला सिथारमणलाई पनि भेट्ने कार्यक्रम छ । भेटका क्रममा पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । अर्थमन्त्री डा. खतिवडा १८ गते स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment