Comments Add Comment

५९ शहरमा एकसाथ सुरु भयो फोरजी सेवा

१५ असोज, काठमाडौं । नेपाल टेलिकमले बुधबारबाट थप ३६ जिल्लाका ५९ शहरमा फोरजी/एलटीई सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो फोरजीमार्फत कुराकानी गरेर सेवा शुभारम्भ गरे ।

तर, सेवा शुभारम्भ गर्न गरिएको भिडियो कलमा नै बोलेको नबुझिएपछि कार्यक्रम स्थलमा हाँसो चलेको थियो ।

काठमाडौं उपत्यका र पोखरामा फोर जी सेवा यसअघिदेखि नै सञ्चालनमा आएको थियो । अहिले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा विस्तार गरिएको टेलिकमले बताएको छ ।

टेकिलमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीकाअनुसार भ्वाइसओभर एलटीई सेवा पनि सुचारु हुनेछ ।

टेकिलमले विस्तार गरेको फोरजीले टेलिकमको राजश्व बढाउन, ग्राहकलाई थप स्तरीय सेवा दिन र कम्पनीलाई बलियो बनाउन सघाउने उनले बताए ।

कार्यक्रममा टेलिकमका सञ्चालक समिति अध्यक्ष महेन्द्रमान गुरुङले यो सेवको विस्तार फोरजी मात्रै ननभएर फाइभजी सेवाका जग समेत भएको उल्लेख गरे । उनका अनुसार टेकिलमले डिजिटल पेमेन्ट गेटवेका रुपमा मोबाइकल मनी सेवा पनि थाल्न लागेको र त्यसका लागि कम्पनी दर्ता गर्न लागिएको जानकारी पनि दिए ।

उनले फोरजी सेवाको विस्तारले समग्र देशको अर्थतन्त्र र नागरिकको जीवनस्तर सुधार पनि सहयोप पुग्ने बताए ।

कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले पछिल्लोपटक तोकिएको समयभित्रै मुख्य शहररुमा फोरजी सेवा विस्तार गर्न सकिएकोमा सन्तोष व्यक्त गरे । उनले सरकारी कम्पनी भएकाले नागरिलाई सस्तो र भरपर्दो सेवा दिन टेलिकममाथि दबाब रहेको भन्दै कम्पनीले त्यो चुनौतीलाई पार लगाउनुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभर भएको फोरजी सेवाको सुरुआतले सरकार हरेक दिन एक् पाइला अघि बहिढरेको छ भन्ने पुष्टि भएको बताए । ‘हामीले भर्खरै देशलाई खुला दिशामुक्त घोषणा गरेर हाम्रो सभ्यता देखायौं, आज फोरजी सेवा सुरुआत गरेर प्रविधिमा गरिएको विकासलाई दर्शायौं,’ उनले भने, ‘सरकार हरेक दिन एक कदम अघि बढेर काम गर्दैछ भन्ने उदाहरण यही हो ।’

माघसम्म देशभर

फोरजी/एलटीई सेवा आगामी माघसम्म देशका सबै भागमा विस्तार गर्ने लक्ष्य टेलिकमले राखेको छ । गत माघमा सम्झौता भए बमोजिम नै एक वर्षभित्र देशभर उक्त सेवा पुर्‍याउने लक्ष्य साथ काम भइरहेको टेलिकमले जनाएको छ ।

यो सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब खर्चिएको छ । ‘डिजिटल नेपाल’को अवधारणालाई सार्थक बनाउन फोरजी सेवालाई महत्वका साथ सुरु गरिएको छ ।

फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटिई कर्पोरेशन र हङकङको सिसिएसआई कम्पनीसँग गत माघमा सम्झौता भएको थियो । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो ।

नेपाल टेलिकमले यो सेवा ८०० मेगाहर्ज र १८०० मेगाहजको फि्रक्वेन्सीमा चलाएको छ । अब २३०० मेगाहर्ज पनि फोरजीका लागि उपयोग गरिनेछ । टेलिकमले यो सेवालाई ‘एलटीई ए’ अर्थात आधुनिक एलटीई भनेको छ । यसमा अधिकतम् २४७ एमबीपीएसको गतिमा डाटा सेवा प्राप्त हुन्छ । औसतमा यस्तो गति १३० एमबीपीएस रहेको टेलिकमको दाबी छ ।

कसरी लिने सेवा ?

नयाँ विस्तार भएका स्थानमा ग्राहले यो सेवा पाउन सुरुमा सेवा दर्ता गर्नुपर्छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेस्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ ।

र, ग्राहकले नजिकैको टेलिकमको ग्राहक सोव केन्द्रमा गएर सिम परिवर्तन गर्न सक्नेछन् । यस्तो सिम लिँदा ग्राहकले एक रुपैयाँ पनि पैसा तिर्नुनपर्दैन । पहिलोपटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

के हो फोरजी ?

फोरजीे ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात् चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि हो, जुन मोबाइल इन्टरनेट प्रविधिमा स्थापित भइसकेको छ । स्वभाविक रुपमा फोरजी थ्रीजीभन्दा तीव्र गतिको हुन्छ । अन्तराष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेटसहितको सेवालाई फोरजी भनिन्छ ।

फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टीभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।

फोरजी सेवा सुरु लिनु भनेको मोबाइलमै तीव्र गतिको इन्टरनेट पाउनु हो । जसले गर्दा मोबाइलबाटै बिना बफरिङ टाइम भिडियो र विभिन्न अनलाइन कन्टेन्ट हेर्न सकिन्छ । ठूलो क्षमताका फाइलहरु अपलोड वा डाउनलोड गर्न सकिन्छ । इन्टरनेट स्पिडका कारण फेसबुक म्यासेन्जर, भाइवर, स्काइपजस्ता म्यासेजिङ एपहरुमा कुरा गर्दा आवाज नबुझिने समस्या पनि हुँदैन ।

टेलिकमले टेक्नोलोजी न्युट्रल विधिअनुसार यो सेवा दिइरहेको छ । अर्थात् सेवाग्राहीले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र पि|mक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्छन् ।

मोबाइल नेटवर्कमा चेन्ज गरेर आफूले चाहेको बेलामा मात्र फोरजी सेवा लिन सकिन्छ । नचाहिएका बेला फोरजी अप्सन अफ गरेर थ्रीजी वा टुजीमा इन्टरनेट चलाउन सक्नुहुन्छ ।

उच्च गतिको इन्टरनेट आवश्यक भएको अवस्थामा फोरजी सेवा लिन सकिन्छ । मल्टिमिडिया (भिडियो, भ्वाइस, तस्वीर, ग्राफिक्स, टेष्ट) को प्रयोगमा फोर जी प्रयोग गर्दा सेवा सहज हुन्छ । ठूलो क्षमताका फाइल अपलोड वा डाउनलोड गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा थ्रीडी टिभी हेर्न फोरजी चलाउँदा राम्रो हुन्छ । फोरजीको शुल्क थ्रीजीको केही भन्दा महँगो पर्न जान्छ ।

फोरजी एलर्टी सेवा सञ्चालन भएका जिल्लाहरु

१ धनकुटा २. झापा ३. मोरङ ४. सुनसरी ५. बारा ६. चितवन ७. धादिङ ८. धनुषा ९. दोलखा १०. काभ्रेपलाञ्चोक ११. महोत्तरी १२. मकवानपुर १३. नुवाकोट १४. पर्सा १५. रामेछाप १६. रसुवा १७. रौतहट १८. सर्लाही १९. सिन्धुली २०. वाग्लुङ २१. कपिलवस्तु २२. म्याग्दी २३. नवलपरासी २४. पाल्पा २५. पर्वत २६. रुपन्देही २७. बाँके २८. बर्दिया २९. दाङ ३०. सुर्खेत ३१. कैलाली ३२. कञ्चनपुर ३३. तनहुँ ३४. मुस्ताङ ३५. लमजुङ ३६. सप्तरी

शहरहरु

१. भीमदत्त २. झलारी पिप्लाडी ३. अत्तरिया ४. धनगढी ५. चौमाला ६. मसुरिया ७. सुख्खड ८. लम्की ९. टिकापुर १०. सुर्खेत ११. गुलरिया १२. कोहलपुर १३. नेपालगञ्ज १४. घोराही १५. लमही १६. तुलसीपुर १७. बेनी १८. कुस्मा १९. बागलुङ २०. तानसेन २१. लुम्बिनी २२. भैरहवा २३. मंगलापुर २४. बुटवल २५. मुर्गिया २६ सुनवल २७. देवदह २८. परासी २९. वर्दघाट ३०. भरतपुर ३१. टाँडी ३२. सौराहा ३३. धादिङ ३४. विदुर ३५. धुन्चे ३६. बनेपा ३७. धुलिखेल ३८. पनौती ३९. हेटौंडा ४०. सिमरा ४१. वीरगञ्ज ४२. कलैया ४३. चरीकोट ४४. मन्थली ४५. सिन्धुपाल्चोक ४६. गौर ४७. मलंगवा ४८. जलेश्वर ४९. जनकपुर ५०. धनकुटा ५१. धरान ५२. इटहरी ५३. इनरुवा ५४. विराटनगर ५५. दमक ५६. विर्तामोड ५७. चन्ऽगढी ५८. बेसीशहर ५९. भारदह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment