Comments Add Comment

नवरात्रिको व्रतलाई आवश्यक हेल्दी डाइट

उपवास अथवा व्रतको धार्मिक महत्व त छ नै, त्यसले शरीरलाई स्वास्थ राख्न पनि सहयोग गर्छ । व्रत बस्नाले शरीरलाई केहीसमय भएपनि बिश्राम प्राप्त हुन्छ । तर, डाइटको सही व्यवस्थापन नहुनाले हाम्रो शरीरलाई व्रतको पूरा फाइदा प्राप्त हुँदैन । त्यसैले व्रतको क्रममा हामीले सेवन गर्ने डाइट सही हुनु आवश्यक छ । अहिले हामी नवरात्रको शुभ अवसरमा विभिन्न देवीहरुको पूजा आराधनामा व्यस्त छौ ।

नौ दिन, नौ टिप्स

फ्याट पनि आवश्यक छ

व्रत बस्दा केवल फलफूल मात्र खानु हुँदैन । घिऊ, मख्खन, नरिवलको तेल र तिलको तेल जस्तो हेल्दी तेलहरु पनि आफ्नो खानामा समावेश गर्नुपर्छ । गुणस्तरीय तेलको सेवनले मोटोपनाको समस्या रहँदैन । तर, लामो समयसम्म उर्जा रहिरहोस् भन्नको लागि चिल्लो पदार्थ खानामा समावेश गर्नु अति नै आवश्यक हुन्छ । उमालेरको खाना मात्र खानु स्वास्थ्यकर हुँदैन । आलु, पिँडालु, तरुल, शखरखण्ड जस्ता जमिनमुनि फल्ने खानेकुरा खानु आवश्यक छ । तर यिनीहरुको बोक्रा नछोडाइ खानुपर्छ । जुन कुराको बोक्रा नछोडाई खानमिल्छ, त्यसलाई बोक्रा सहित नै खानुपर्छ किनभने बोक्रामा न्युट्रिएन्ट्स हुन्छ ।

अमला र आलस

अमला र आलस जस्ता आयुर्वेदिक कुरालाई आफ्नो खानामा समावेश गर्नुपर्छ । व्रतमा यस्ता खाने कुराहरु खाने एउटा मौका पनि हो किनभने अरु समय यस्ता खानेकुरा त्यति प्रयोग गरिँदैन ।

चियाको प्रयोग कम

चिया पिएर भोकमार्नु हुँदैन । खाली पेटमा बारम्बार चिया पिउनाले स्वास्थमा हानी पुग्छ । शरीरमा पानीको मात्रा बढाउनका लागि कागती, पानी, लस्सी, पुदिना र दाल–चिनीको चिया र नरिवल पानी जस्ता तरल पदार्थ पिउन सकिन्छ ।

व्रतमा समयमा खाना

व्रतमा तपाई ढिला खाना खानुहुन्छ भने शरीरलाई व्रतको फाइदा प्राप्त हुँदैन । साँझमा ६ बजे देखि ७ बजेसम्म खाना खानुपर्छ ।

गुणस्तरीय मिठाई

हलुवा, लड्डु, बर्फी, साबुदानाको खिर जस्ता हेल्दी मिठाई खानुपर्छ । मिठाईमा चिनीको प्रयोगभन्दा शख्खरको प्रयोग गर्नु उपयुक्त हुन्छ । मधुमेहका रोगीहरुले मिठाई प्रयोग नगर्नु उपयुक्त हुन्छ ।

चिप्सहरुभन्दा बदामको प्रयोग

व्रतमा स्न्याक्सको लागि विभिन्न तरिकाका चिप्स र बजारमा उपलब्ध भएका फलफूलका निम्कीहरु प्रयोग गर्नुभन्दा बदामहरु जस्तै काजु, बदाम आदि प्रयोग स्वास्थको लागि फाइदाजनक हुन्छ ।

दहीको प्रयोग उपयुक्त

व्रतको क्रममा शरीरले विश्राम लिएको हुन्छ । त्यस्तो स्थितिमा प्रोबायोटिक्स फाइदाजनक हुन्छ र जुन तपाईले दहीबाट प्राप्त गर्न सक्नुहुन्छ । दहीलाई व्रतको समयमा सेवन गर्नु अति नै लाभकारी हुन्छ ।

गुणस्तरीय साबुदाना

व्रतको क्रममा साबुदानाबाट धेरै परिकारहरु बनाउन सकिन्छ । बजारमा विभिन्न प्रकारका साबुदाना उपलब्ध छन् । तर, यसमा कहिलेकाहीँ गुणस्तर कम भएका साबुदाना पनि हुन्छन् । त्यसैले सस्तो छ भन्दैमा गुणस्तरहीन साबुदानाको प्रयोग गर्नु हुँुदैन । नराम्रो साबुदाना पानीले पखाल्दा सबै पानी फोहोर हुन्छ र साबुदाना चिप्लो हुन्छ । राम्रो साबुदाना पानीमा राख्नासाथ फुल्न थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment