Comments Add Comment

यात्रामा वान्ता भए के गर्ने ?

दशैंमा कतिपय आफ्नो मूलघर र्फकन्छन् । विभिन्न पेशा-ब्यवसाय गरेर बसेकाहरु आफ्नो पूर्ख्यौली थलो र्फकन्छन् । यसैगरी आफन्तकहाा जाने र घुमघाम गर्ने योजना पनि हुन्छ । यसक्रममा लामो वा छोटो दुरीको यात्रा गर्नैपर्छ । पैदल हिाडेर पुगिने गन्तव्य भए त ठिकै छ । टाढाका गन्तव्य भए लामो यात्रा गर्नुपर्छ, बस, कार वा हवाईजहाजमा ।

यात्रा धेरैका लागि एक रोमाञ्चक अनुभव हो । त्यसैले धेरैजसो यात्रु यात्रामा रमाउने गर्छन् । जबकि कतिपयका लागि भने यात्रा निकै कष्टकर हुनेगर्छ । यात्रा गरिरहादा कतिलाई निरन्तर वान्ता हुन्छ । कतिपयको टाउको दुख्ने, चक्कर लाग्ने हुन्छ । यात्रा गरिरहदा उनीहरु बिरामी नै हुन्छन् ।

हुन त यो कुनै गम्भीर समस्या होइन । यद्यपि मोसन सिकनेसले धेरैको यात्रा खल्लो बनाउनेगर्छ । सामान्य व्यक्ति समेत लामो यात्रामा थकित हुने गर्छन् । लामो यात्रापछि कति त बिमारी नै हुने गर्छन् ।  यात्राका क्रममा यस किसिमको शारीरिक असन्तुलन हुनु स्वभाविक हो । यसलाई मोशन सिकनेस भनिन्छ ।

मोसन सिकनेसको समस्या भएमा घरेलु औषधि सेवन गरेर पनि सम्भावित अफ्ठ्याराबाट बच्न सकिन्छ ।

कागती

कागतीमा एक प्रकारको एसिड हुन्छ । यात्राको क्रममा कागतीको बास्नाले मात्र पनि वाकवाकीको समस्या कम गर्न सहायता प्रदान गर्छ । कागतीलाई निचोरेर यसको रसमात्र पनि सेवन गर्न सकिन्छ । जसको मद्दतले वाकवाकीको समस्या कम हुने गर्छ ।

अदुवाको रस

मोशन सिकनेस कम गर्न अदुवाको रस राम्रो बिकल्प हुनसक्छ । अदुवामा जिञ्जेरल हुन्छ, जसले वाकवाकीको समस्या कम गर्न सहायता प्रदान गर्छ । त्यसैले, यात्रा गर्दै हुनुहुन्छ भने अदुवालाई ससाना टुक्रामा काटेर साथमै राख्नुस् । यसले मोशन सिकनेशको समस्या कम गर्न मद्दत गर्छ ।

खानपान

यात्राको दौरान खानपानमा विशेष ध्यानदिनु आवश्यक छ । चिल्लो, पिरो, बोसोयुक्त तथा मसलेदार खाना तथा माछामासुका कारण एसिडिटी बढ्नसक्छ । त्यसैले यात्राका क्रममा प्रशस्त मात्रामा पानी पिउन जरुरी छ । त्यसबाहेक, फलफूल लगायत फलफूलजन्य जूस तथा कााक्रो, गाजर लगायतको सेवनले पनि शरीरमा प्रशस्त मात्रामा उर्जा प्रवाह गर्दछ ।

सिधा बसाईं

हाम्रो  शरीरले तीन तरिकाबाट आराम प्राप्तगर्छ । मांसपेशीको आराम, शरीरका अंगको आराम तथा सही आसनमार्फत पनि शरीरले आराम प्राप्त गर्दछ । जब हामी झुकेर वा कतै अडेस लगाएर बस्छौं, त्यतिबेला मांसपेशीहरुले आराम त पाउछ तर शरीरका अन्य अंगहरुमा भने तनाव उत्पन्न हुनेगर्छ ।

प्रयास गरेमा ढााडको हड्डीलाई सिधा राखेर पनि शरीरलाई आराम दिलाउन सकिन्छ । निहुरिएर वा अडेस लगाएर बस्नाले शरीरको कार्यक्षमता घट्न सक्छ ।

घाम

लामो दुरीको हवाई यात्राका क्रममा जेट लेगले पनि थकान अनुभव हुन्छ । यसबाट बच्नका लागि तपाई जुन ठाउमा जाादै हुनुहुन्छ भने केहीदिन पहिलेदेखि नै आफ्नो शरीरलाई त्यही वातावरण अनुसँर ढाल्ने प्रयास गर्नुस् तथा दिनमा कमसेकम २० मिनेट घाममा बस्ने प्रत्यत्न गर्नुस् ।

त्यसबाहेक, नाडी शुद्धी सरल योग प्रक्रिया हो ।  यसमा सँसको प्रयोग गरिन्छ । जसले उर्जा प्रणालीमा सन्तुलन कायम गर्न मद्दत गर्छ । यसलाई अपनाएर पनि यात्राको दौरान महसुस हुने थकानलाई कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment