Comments Add Comment

‘बच्चन पाण्डे’मा अक्षयको जोडी बन्दै कृती

बक्स अफिसमा चलचित्र ‘लुकाछिपी’ हिट भएपछि नायिका कृती सेननको माग खुबै बढेको छ । स्टाइलिस्ट सुन्दरीको नयाँ चलचित्र ‘हाउसफुल ४’ तिहारमा रिलिज हुँदैछ । यो चलचित्रमा उनी नायक अक्षय कुमारको जोडी बनेर देखिदैछिन् ।

तर, भारतीय मिडियाका अनुसार कृतीले अक्षयसँग फेरि काम गर्ने पक्का भएको छ । नायक अक्षय कुमार चलचित्र ‘बच्चन पाण्डे’को छायांकन केही दिनमै सुरु गर्दैछन् । यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ ।

यो चलचित्रको फस्टलुक पनि रिलिज भैसकेको छ । चलचित्रको फस्टलुकमा नायक अक्षय कुमारलाई मात्र स्थान दिइएको थियो । चलचित्रमा नायिका को हुने भन्ने चर्चा भने चलिरहेको छ । यसैविच, यसको निर्माणपक्षले नायिकाको रुपमा कृती सेननलाई फाइनल गरेको भारतीय मिडियाले लेखेका छन् ।

एउटा हिट तामिल चलचित्रको रिमेकको रुपमा बन्न लागेको ‘बच्चन पाण्डे’मा कृती र अक्षयको जोडी कस्तो देखिने हो, दर्शकका लागि यसको प्रतिक्षा पक्कै पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment