Comments Add Comment

काठमाडौं फेशन मोडलको उपाधि स्वरुपलाई

१७ आश्विन, काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गरेको काठमाडौं फेशन मोडलको शीर्ष उपाधि स्वरुप केसीले चुमेका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा बिहीबार आयोजित प्रतियोगितामा अन्य आठ प्रतिस्पर्धीलाई उछिन्दै उनी पहिलो भएका हुन् ।

केसी विजेताको ताजसँगै विधागततर्फको मोस्ट चार्मिङ र अडियन्स च्वाइस अवार्डसमेत जित्न सफल रहे । प्रतियोगितामा संगम पुन मगर फष्ट रनरअप भए भने विधागततर्फ मिस्टर हेन्डसमको उपाधी समेत हात पारे । प्रतियोगितामा अन्जली शाहले ‘मोस्ट पपुलर, मोस्ट ट्यालेन्ट र मोस्ट फोटोजेनिको उपाधिका साथै बेस्ट वाकको उपाधि पनि हात पारिन् ।

त्यस्तै, कनिस्क जोन्छें मल्टिमिडिया च्वाइस र मोस्ट एक्टिभ, अग्रता भट्टराई मोस्ट फ्रेन्डली, बिन्दु सरु मगर बेस्ट पर्सनालिटी, एजस्वी बुढाथोकी मिस ब्युटिफुल घोषित भए । साथै, इभाना ताम्राकार मोस्ट क्युट र स्वप्न पौडेलले बेस्ट स्माइल अवार्डको उपाधि जिते । उपाधिसँगै विजेताले विभिन्न गिफ्ट हृयाम्पर समेत प्राप्त गरे ।

प्रतियोगितामा मिडियाकर्मी सरोज ओझा, प्लस साइज मोडल सुजाता काफ्ले शाह, अभिनेता तथा मोडल ईश्वर बल्लभ उप्रेती र मोडल तथा महिला व्यवसायी शुसिला थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतिस्पर्धामा भाग लिनुपूर्व प्रतियोगीहरुलाई केडी भट्टराईले एक महिनासम्म तालिम दिइ आफ्नै कोरियोग्राफीमा र्‍याम्पमा उतारेकी थिइन् ।

आयोजक संस्थाका अध्यक्ष डेबिल सिंह राजपूतले बालबालिकाहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्‍याउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment