Photo Credit : अनलाइनखबर । बालकको शव ।
								
																			१७ असोज, सप्तरी । सप्तरीमा गोठाला गएका एक बालकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–९, कमलपुरका १४ वर्षीय रुपेशकुमार यादव छन् ।
प्रहरीका अनुसार गत बुधबार गोठाला गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको थियो । वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरी चौकी, फत्तेपुरले जनाएको छ ।
प्रहरी चौकीका इन्जार्च सई अयोध्याशरण यादवले पानीमा बसेको भैंसी निकाल्न जाने क्रममा गोहीले उनीमाथि आक्रमण गरेको हुनसक्ने आशंका गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4