+
+
Shares

दशैं बिदामा पनि रक्तसञ्चार सेवा नियमित

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १८ गते ७:१८

१८ असोज, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले प्रदान गर्ने सेवा दशैँका बिदाको दिन पनि निरन्तर सञ्चालनमा आउने भएका छन् ।

सो अवधिमा विपदको घटनाको व्यवस्थापन गर्न केन्द्रीयस्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा टोली सक्रिय रहने रेडक्रसले जनाएको छ ।

यसैगरी रक्तसञ्चार सेवा पनि नियमित रुपमै सञ्चालनमा आउनेछ । रक्त सञ्चार केन्ऽमा दैनिक छ जनाले ‘ड्यूटी’ गर्ने व्यवस्था मिलाइएको छ ।

रक्त सञ्चार केन्ऽमा एक हजार २०० यूनिट रगत मौज्दात राखिएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । आपतकालीन अवस्था आइपरे आकस्मिक रक्तदान आयोजना गर्न सकिने रेडक्रसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?