Comments Add Comment

नापोली जान सक्छन् सन !

काठमाडौं । दक्षिण कोरियाका हिउङ मिन सन टोटनह्यामका महत्वपूर्ण सदस्य मध्ये एक हुन् तर, उनले भविश्यमा इटालियन क्लब नापोली जान सक्ने उनको एजेन्टले बताएका छन् ।

२०१५ मा बार्यन लिभरकुशनबाट टोटनह्याम आएका सनले आफूलाई इंग्लिस प्रिमियर लिगका उत्कृष्ट स्ट्राइकर मध्ये एकका रुपमा स्थापित गरेका छन् । उनले ७० गोल गरेका छन् र गत सिजन क्लबलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

तर अब इटली जाने सक्ने संकेत देखिएको छ । ‘मैले नापोलीका लागि अहिलेसम्म खेलाडी लिएको छैन । तर मलाई यो क्दलब मन पर्छ किनभने मेरा फेभरेट म्याराडोनाले खेलेका छन्’, फुटबल एजेन्ट थीस ब्लेमिस्टरले भनेका छन् ।

नोपालीका तत्कालीन अधिकारीसँग कुराकानी भएको स्मरण गर्दै उनले भनेका छन्, सनका नापोली किन हुन्न ? सनलाई इटली मनपर्छ, त्यहाँको खाना र मानिस पनि ।’

उनले अघि भने, ‘मलाई थाहा छ कि उनलाई टोटनह्यामबाट लैजान सजिलो छैन किनकी उनी निकै महंगा छन् । तर भोलि के हुन्छ कसलाई थाहा छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment