Comments Add Comment

नेदरल्याण्ड्सले नेपाललाई दियो १३४ रनको लक्ष्य

२० असोज, काठमाडौं । पाँच देशको टी–२० श्रृंखलामा नेदरल्याण्ड्सले नेपाललाई १३४ रनको लक्ष्य दिएको छ । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

ओमानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले ।

दोस्रो विकेटका लागि स्टलसँग ४१ रनको साझेदारी गरेका ओ’डाउडले तेस्रो विकेटका लागि एकरम्यानसँग ४७ रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा एकरम्यान आउट हुँदा नेदरल्याड्सको स्कोर ९७ रन थियो ।

तर थप ३६ जोड्दा सबै विबेट गुमायो । ओ’डाउडले ४३ रन बनाए । एकरम्यानले २९ र स्टलले २१ रन बनाए ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछाने र करण केसीले समान ४/४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment