Comments Add Comment

आयातित संस्कृतिमा रमाइरहने कि आफ्नै पहिचान जोगाउने ?

सम्पदा संरक्षणमा अगिसारेका हाम्रो एजेन्डाले अब संसदीय समितिमा प्रवेश पायो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल गर्न बोलायो गणपति, सञ्जय र मलाई ।

हामीले निरन्तर उठाएका विषयमा संसदीय समितिमा छलफलका लागि बोलाइएको पहिलो पटक थियो यो । सम्पदामा चासो बढ्दै छ भन्ने एउटा सूचक पनि हो यो ।

तीन वर्षअगि मैले लेख्न सुरू गर्दा सम्पदामा चासो दिने मान्छे कमै थिए । आममान्छे बुझ्दैनथे । बुझ्ने निकाय पुरातफ्व विभाग । संरक्षणको जिम्मा पाएको विभागसँगै ‘संरक्षणको मर्म विपरीत नजाऊ’ भनेर लड्नुपरेको थियो । उसैलाई पुरातफ्व सिकाउनुपर्ने, संरक्षणको सिद्धान्त सम्झाइदिनुपर्ने अवस्था थियो । झकझक्याइरहनुपर्ने अवस्था थियो ।

सम्पदा संस्कृतिको पक्षमा नयाँ दृष्टिकोण ल्याएर काम गर्ने मन्त्रीसम्म देखिनँ मैले । सम्पदा संस्कृति बुझ्नेलाई मन्त्री नै बनाइएन कहिल्यै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समाल्ने मन्त्रीले पर्यटन र नागरिक उड्डयनलाई मात्र ध्यान दिन्छन् । चासो दिन भ्याउँछन्, संस्कृतिप्रति ध्यान दिनै भ्याउँदैनन् ।

ताप्लेजुङको पाथीभरादेवी दर्शन गरेर फर्कंदै गर्दा हेलिकोप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई बारम्बार भेट्थ्यौं हामी । हरेकजसो भेटमा उनी भन्थे—“मैले समालेका तीन मन्त्रालय हुन् । एउटा मन्त्रीले तीन मन्त्रालय समाल्नै मुस्किल हुँदो रहेछ ।”

अधिकारीको बढी ध्यान पर्यटनतिर थियो, नागरिक उड्डयनतिर थियो । वाइबडी जहाज खरिद प्रकरण विवाद भयो । त्यही विवादमा मुछिएका थिए उनी । मन्त्री हुँदा पुरातफ्व, सम्पदा, संस्कृतिमा पनि केही चासो दिन खोजेका थिए तर भ्याएनन् ।

अर्थमन्त्रीले सम्पदा, संस्कृतिमा बजेट माग्दा ‘कर्णालीमा चामलका लागि बजेट छैन, सम्पदाका लागि केको बजेट’ भनेर दिएको जबाफले मेरो मन बारम्बार घोचिरहन्छ । संरक्षणसम्बन्धी चेतना यस्तो छ हाम्रो देशमा । यस्तो चेतनाले सम्पदाको संरक्षण कसरी गर्ने, सम्पदाको विषय कसले बोल्ने ? यो कुनै राष्ट्रिय विषय नै थिएन । अब बल्ल संसद्मा प्रवेश पायो सम्पदाको मुद्दाले ।

हुन त सम्पदाका विषयमा बेला बेला संसद्मा कुरै नउठेको चाहिा होइन । एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, सुजिता शाक्य, कङ्ग्रेस सांसद भीमसेनदास प्रधानहरु कुनै इस्युमा आवाज उठाएका थिए ।

सांसद शाक्यकै पहलमा समितिमा छलफल गर्ने वातावरण बनेको थियो । छलफलमा पुरातत्व विभागका कामु महानिर्देशक दामोदर गौतम र काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला उठेका जिज्ञासाका जबाफ दिन बोलाइएको थिए ।

गौतमले देशभरिका सम्पदाको तथ्याङ्क पेस गरे । ५ हजार ८ सय ७२ रहेछन् त्यस्ता सम्पदा । भुइाचालोले भत्काएमध्ये बनेका र बन्न बाँकी रहेको तथ्याङ्क पेस गरे गौतमले । विश्व सम्पदामा भएका गतिविधि सुनाए । वसन्तपुरको महर्जन बिजनेस एसोसिएट्सले बनाएको भवनबारे जानकारी गराए ।

गौतमपछि कोइरालालाई बोल्न समय दिइन् समितिकी सभापति पवित्रा निरौला खरेलले । कोइरालाले ‘महानगरले हात हालेका सबै काममा अवरोध मात्र गर्ने गरेको’ गुनासो गरे । उनले रानीपोखरीको प्रसङ्ग ल्याए । भित्र काम हुँदा बाहिर ताल्चा लगाइदिएको दुखेसो पोखे ।

काष्ठमण्डप, बागदरबार लगायतका प्रसङ्ग ल्याए । ‘महानगरले सबै काम बिगार्छ भनेर अवरोध गरेको’ भन्ने थियो उनको भनाइमा । महानगर डरलाग्दो बाघका रुपमा चित्रित भएको प्रतिक्रिया दिए । स्थानीय सरकार बलियो बनाउनुपर्नेमा झन् कामै गर्न नदिएको उनको गुनासो पोखे । रानीपोखरी सङ्घीय सरकारले बनाउने निर्णय गरेको निर्णयप्रति लक्षित गर्दै उनको यो प्रतिक्रिया आएको थियो ।

कोइरालापछि मलाई बोल्न समय दिइन् निरौलाले ।

मैले विश्व सम्पदामा भइरहेका गलत क्रियाकलापबारे जानकारी गराएँ । त्यस क्षेत्रमा भइरहेका गैरकानुनी क्रियाकलापले विश्व सम्पदा खतरामा पर्दै गएको सूचना दिएँ । विश्व सम्पदाम सूचीकृत गर्दा ती सम्पदाका गुण के थिए ? तिनका लक्षण के थिए ? ती गुण बिग्रादै गए कि ? बिग्रिँदै गएको छ भने युनेस्कोले खतराको सूचीमा राखिदिन्छ । खतराको सूचीम राख्ता पनि ती सम्पदालाई पहिलाकै अवस्थामा ल्याइएन भने सूचीबाटै हटाइदिन्छ । अहिले हाम्रा सम्पदा यही अवस्थाबाट गुज्रिरहेका छन् ।

सम्पदाका गुणमा धेरै ह्रास आएको युनेस्कोको सल्लाहकार संस्था इकोमस नेपालका अध्यक्ष काइ वाइ जेले बारम्बार बताउँदै आएका थिए । सम्पदामा कसैको नियन्त्रणै नभएको जस्तो अवस्था छ अहिले । पुरातफ्वले प्रभावकारी नियमन गर्न सकेको छैन ।

२०७२ सालको भुइाचालोपछि झन् सम्पदाका गुण खस्कँदै गए । सम्पदाका मूल्यमान्यतामा असर पारिए । वसन्तपुर क्षेत्रमा बनिरहेका सबै सम्पदा मापदण्डअनुसार बनाइएनन् । केहीमा चुकुलको ठाउँमा फलामका किला ठोकिए । केहीको स्वरुप परिवर्तन गरियो । केहीको साइज घटाइयो । कहीा भूमिगत संरचना बनाइए । कहीा तोकिएको उचाइभन्दा बढी बनाइए ।

सम्पदाको विषयमा खबरदारी गर्ने समूह सानो छ । त्यही सानो समूह पनि ठाउँ ठाउँमा बाँडिएको छ ।

हनुमान्ढोका दरबारको सिमानामै रहेको महर्जन बिजनेस एसोसिएट्सले अदालतले ३५ फिटमाथि नजान दिएको आदेशको अवज्ञा गर्दै अर्को तला उठाउने तयारीमा लागिरह्यो । काइ वाइ जेको शब्दमा उचाइ नै सम्पदाका लागि समस्या हो । उचाइले दृश्य प्रदूषण गराउँछ । दृश्य प्रदूषण गराएकै आधारमा विश्वका अरु ठाउँका सम्पदा पनि कोही खतराको सूचीमा, कोहीचाहिँ विश्व सम्पदाबाटै हटाइदिएका उदाहरण छन् ।

एउटा व्यापारिक प्रोजेक्टले ४२ मिटर सीमा तोकेको ठाउँमा ६५ मिटर उचाइको भवन बनाउनाले भियनालाई खतराको सूचीमा राख्यो युनेस्कोले । आधुनिक निर्माणकै कारण जर्मनीको ड्रेसडेनलाई विश्व सम्पदा सूचीबाटै हटाइदियो सन् २००९ मा । भौतिक र सांस्कृतिक दृश्य मासिने गरी चार लेनको अकासे पुल बनाएको भन्दै सम्पदा सूचीबाट हटाइदिएको थियो ।

त्यहाँका मान्छेले विकास पाए, पुल पाए । तर आफ्नो क्षेत्र विश्व सम्पदाबाट गुमाए । विस्तारै पछुतो लाग्नेछ तिनीहरुलाई । गतिविधि हेर्दा हामीले जर्मनीको त्यही अवस्था निम्त्याइरहेका छौं ।

प्रत्यक्ष हेर्दा पशुपति, वसन्तपुर, चाँगुनारायण, स्वयम्भू, पाटन दरबार क्षेत्र र बौद्धनाथमा सम्पदाका गुण मासिने गरी काम भइरहेका छन् । काठमाडौं उपत्यकाबाहिरको लुम्बिनी पनि प्रदूषणका कारण खतरामा पर्दै गएको छ ।

पशुपतिमा श्लेष्मान्तक वनको बीचमा खोलिएको तिलगङ्गा—ताम्रगङ्गा सडकका कारण युनेस्कोले विश्व सम्पदा सूचीबाटै हटाइदिने चेतावनी दिएको दशक बित्न लाग्यो । ‘रोक्यौं’ भनेर युनेस्कोलाई पत्र दिइएको छ तर यहाँ गाडी गुडिरहे । त्यही कागजलाई आधार मानेर युनेस्को चूप लागेको छ । मैले यो विषयमा लेखेर बारम्बार खबरदारी गरें ।

सम्पदा अभियन्ताले त्यहीा गएर दबाब दिए । यसलाई बन्द गर्ने विषयमा बारम्बार बैठक बस्यो । छलफल भयो । बल्ल कोषले बन्द गर्न लाग्यो २०७६ वैशाखमा । रोक्न दुईतिर खाल्डो खन्यो सडकको । राति खनिएको थियो खाल्डो । सांसद कृष्ण राई, प्रदेश नम्बर ३ का सांसद रामेश्वर फुयाल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा आएर काम रोकिदिए । ‘वर्षौं नरोकेको बाटो अहिले किन रोक्नुपर्‍यो ?’ भन्दै दबाब दिए । यस्तो छ हाम्रा जनप्रतिनिधिको सम्पदाचेत !

सम्पदाका गुण र मूल्यमान्यता मासिने गरी बढी गतिविधि भइरहेको क्षेत्र पशुपति नै हो । यहाँ डोजर लगाएर मन्दिर भत्काइएका छन् । अदालतले चिहानका कङ्क्रिट हटाउन दिएको आदेशसमेत टेरिएको छैन । मृगस्थलीमा राखिएका मृगले रुखका जरा खान्छन् । जरा खाएर उजाड बनेको छ मृगस्थली । भण्डारखाल जङ्गलमा बनाइएको पार्कले असर पारेको छ, वनकालीमा कङ्क्रिट राखेर पार्क बनाइएको छ ।

चाँडो बनेको भनेर प्रचार गरिएको बौद्धमा कङ्क्रिट राखिएको छ । पाटन दरबार क्षेत्रमा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले चुकुलको ठाउँमा फलामका काँटी ठोकेको छ । चाागुनारायण छेउको पहिरोले मन्दिर सङ्कटमा छ । सम्पदाको मूल्य नघटाइएको भक्तपुर मात्र हो । एउटा मात्रै राम्रो भएर के गर्नु ? काठमाडौं उपत्यकालाई एउटा क्षेत्र मानेर यहाँका सात सम्पदालाई विश्व सम्पदामा सूचीकृत गरिएको थियो । एउटै क्षेत्रमा रहेकाले एउटा कुनै सम्पदा सूचीबाट हटयो भने सातैवटा हट्छन् । यही हो चिन्ताको विषय ।

मैले लामो बेलिबिस्तार लगाएँ संसदीय समितिमा । सदस्यहरुले ध्यान दिएर सुनेका थिए । विश्व सम्पदाको प्रसङ्ग सकेपछि प्रशासकीय अधिकृत कोइरालाले महानगरलाई केही पनि गर्न नदिएको भनाइप्रति पनि स्पष्ट पारिदिएँ । कानुन कार्यान्वयन गर्ने निकायले नै कानुन मिचेका कारण अवरोध गर्न अभियन्ता आएको सदस्यलाई सुनाएँ । यही गैरकानुनी निर्माणबारे आफूले निरन्तर लेखेको समितिका सदस्यलाई सुनाएँ ।

रानीपोखरीमा किन विरोध भयो ? किनभने त्यहाँ प्राचीन स्मारक संरक्षण ऐनको व्यवस्थाप्रतिकूल हुने गरी काम गर्‍यो महानगरले । त्यसलाई पनि सही मान्नु ? काष्ठमण्डपमा दुई पटक टेन्डर आह्वान गरेको थियो महानगरले । त्यसमा पनि जगै मासिने गरी ड्रइङ डिजाइन गरिएको थियो । त्यसलाई मैले लेखेको लेख्यै गरेकै हुँ । सम्पदा अभियन्ता बाहिर आएकै हुन् । विज्ञले विरोध गरेकै हुन् । त्यही भएर काष्ठमण्डप समुदायलाई दिइयो । ठेक्कामा नभई ज्यालामा बन्ने भयो । महानगरलाई छाडिदिएको भए के हुन्थ्यो ?

ऐतिहासिक बागदरबार भत्काउन खोज्यो महानगरले । भत्काउन टेन्डरसमेत आह्वान गरेको थियो । हामीले दिएनौं । मैले लेखेको लेख्यै गरें, मेयरले पढेनन्, केही कुरै सुनेनन् । अन्तिममा सर्वोच्च अदालत गइयो । सर्वोच्च दरबार संरक्षण गर्न आदेश दियो । भत्काउन आह्वान गरेको टेन्डर खारेज गरिदियो अदालतले । पुरातत्व विभागले भत्काउन दिएको अनुमति पनि खारेज भयो ।

जोगाउन सकिने दरबार भत्काउन अनेक प्रपञ्च रच्यो महानगरले । अनि विरोध नगर्नु ? अनि ‘काम गर्न दिएनन्’ भनेर हुन्छ ? ‘कस्तो काम गरें’ भनेर हेर्नु पर्दैन ? भत्काउनै नपर्ने दरबारलाई मास्न खोज्ने ! अनि काम गर्न दिएनन् भन्ने ?

यस्ता केही उदाहरण दिएँ मैले । महर्जन बिजनेस एसोसिएट्सले बनाउन लागेको भवनको मुद्दा सर्वोच्चमा विचारधीन रहेकाले यहाँ बोल्नुपरेन भनेका थिए कोइरालाले समितिमा । यो मुद्दाको फैसला भइसकेको थियो । फैसला भइसकेको मुद्दालाई ‘अदालतमा विचाराधीन’ भनेर पन्छिन खोजेका थिए उनी ।

फैसला पुसमै भइसकेको थियो । फैसला कार्यान्वयन निर्देशनालयले महानगरलाई पत्र पनि लेखिसकेको थियो । निर्देशनालयको पत्र बोकेर गएका थिए गणपति । महानगर जाँदा पनि साथमै थिएँ म । कोइरालाले भेटै दिएनन् । संसदीय समितिमा जानु एक साता पहिलाको कुरा हो यो ।

मैले निर्देशनालयको त्यही पत्र देखाइदिएँ समितिमा— “मुद्दा अदालतमा छ भन्नुहुन्छ उहाँहरु । ‘फैसला कार्यान्वयन गर’ भनेर पत्र पठाएको छ । उहाँहरुलाई थाहै छैन । महानगर सम्पदाप्रति संवेदनशील छैन भन्ने गतिलो उदाहरण हो यो ।”

पुर्खाले निर्माण गरेका अद्भूत कलाकृतिबारे पनि कुरा राखें मैले । सम्पदा धार्मिक भावनमा मात्र छैनन्, त्यहाँ अद्वितीय कलाकृति पनि छ । त्यसलाई हेर्दा मात्रै पनि ‘ओहो कसरी बनाए होला’ जस्तो अनुभूति हुन्छ । अद्भूत लाग्ने केही सम्पदाका उदाहरण पनि दिएँ ।

हनुमान्ढोकाको कालभैरव एउटा उदाहरण हो । विशाल ढुङ्गामा कोरिएको छ भैरव । नौ हात अग्लो छ मूर्ति । मूर्तिको दायााबायाा दुइटा ठूलठूला ढुङ्गाका सिंह छन् । भैरवको कान, नाडी र पाउमा सर्पको आभूषण लगाइएको छ । घुाडासम्मै झुन्डिएको छ मुण्डमाला । उनका ६ हातमध्ये दुई हातमा खड्ग र ढाल छन् । बीचका दुई हातमा एउटाले कपाल लिएको छ । तलका दुई हातमा एउटाले त्रिशूल बोकेको छ, अर्कोले तीनवटा नरमुण्ड झुन्डयाएको छ । बीचका दुई हातमा एउटाले कपाल बोकेको छ । अर्को बिन्दु मुद्रामा छ ।

भैरवको मुकुट पनि खप्परले सिँगारिएको छ । मुकुटको किनारमा चारवटा खप्पर छन् । डरलाग्दा आँखा, ठूलठूला आँखीभुइा छ । भयानक देखिन्छन् आँखा । यसलाई शिवको विनाशकारी रुप मानिएको छ ।

यी सबै एउटै ढुङ्गामा कुदिएका कला हुन् । यो हेर्दै गर्दा लाग्छ—कति धैर्यपूर्वक कुँदिएको होला यसलाई ! काठमाडौं ढुङ्गा नहुने ठाउँ । कति टाढाबाट ल्याए होला त्यति बेला त्यत्रा ढुङ्गा ?

कालभैरवको दक्षिणतिर ढुङ्गाको त्यस्तै कला देख्न सकिन्छ अर्को । तीन तलाको ढुङ्गामाथि प्रताप मल्ल र उनको परिवारका सदस्यका सुनका प्रतिमा राखिएका छन् । प्रतापले वि.सं. १७२७ मा यो स्तम्भ खडा गरेका थिए ।

तलेजु मन्दिरअगाडिको त्रिशूलचोकमा अर्को यस्तै स्तम्भ छ । प्रताप मल्ल, उनका छोरा नृपेन्द्र र चक्रवर्तेन्द्रको सालिक राखिएको छ स्तम्भको टुप्पामा ।

ढुङ्गामा उस्तै कला छन् । काठमा काष्ठकलाको अनुपम नमुना देखिन्छ । यस्तै अद्भूत कलाकृतिले गर्दा नै विश्व सम्पदा सूचीमा सूचीकृत भए हाम्रा सम्पदा । मैले यही कुरा सुनाएँ समितिमा । ध्यान दिएर सुनिरहे सांसदहरुले ।

म पछि सञ्जयलाई बोल्न दिइन् निरौलाले । उनले विश्व सम्पदाका केही कानुनी कुरा राखे । उनीपछि पालो आयो गणपतिको । उनले हनुमान्ढोका दरबार क्षेत्रमा भएको गैरकानुनी निर्माणका केही उदाहरण पेस गरे ।

गणपतिपछि पूर्वप्रधानमन्त्री तथा समिति सदस्य माधवकुमार नेपालले आफ्नो भनाइ राखे । अत्यन्तै महफ्वपूर्ण विषयमा छलफल भएको प्रतिक्रिया थियो उनको भनाइमा । विश्व सम्पदाका अद्वितीय कलाकृतिबाट अभिव्यक्ति सुरू भएको थियो उनको— “हामी बाँदरे प्रवृत्ति भएका । आफू बनाउने धैर्य छैन । आफू नबनाउने, अनि अरुले बनाएको पनि जोगाउन नसक्ने हामी ।”

विश्व सम्पदामा असर पर्ने गरी संरचना बनाएको भए डोजर लगाएर भत्काइदिनुपर्ने उनको सुझाव थियो । पुरातफ्वका महानिर्देशक गौतम र महानगरपालिकाका प्रशासकीय अधिकृत कोइरालाई लक्षित गर्दै नेपालले भने— “कानुन कार्यान्वयन गर्न केले रोक्यो तपाईंहरुलाई ? कि पैसाको बिटो बोकेर आए ? नत्र कानुन कार्यान्वयन गर्न केले रोक्यो ? को बाबुसाहेब हुन् कानुन मान्नु नपर्ने ? कहिले मिचेको हो उसले ? पञ्चायत कालमै गैरकानुनी काम भएको हो भने पनि अहिलेको कानुन लगाएर ठीक गरिदिनुस् । सके अधिकार प्रयोग गरेर कारबाही गर्नुस्, नसके पद छाड्नुस् । अरुले गर्छन् ।”

हनुमान्ढोका दरबारभित्र गएका रहेछन् नेपाल । त्यहाँ सुकेको नागपोखरी देखेछन् । त्यो प्रसङ्ग पनि ल्याए— “पोखरी सुक्नै हुँदैन भन्ने मान्यता छ तर हाम्रा पोखरी सुकिराखेका छन् । देशको अधोगति भएको हामीले धर्म छाडेर हो भन्ने गुनासो गर्छन् जनता ।” नयाँ चिज बनाउँदा पुराना चिजको कदर गर्न पनि सुझाव दिए उनले— “नयाँ बनाउनुपरे नयाा ठाउँमा बनाउनुपर्छ । पुराना चलाउनै हुादैन ।” उपसमिति बनाएर विश्व सम्पदाको अवस्था अध्ययन गर्नुपर्ने सुझाव दिए नेपालले ।

नेपालपछि पालो आयो सुजिता शाक्यको । उनले विश्व सम्पदा व्यापार व्यवसाय गर्ने थलो नभएको प्रतिक्रिया दिइन् । उनीलगत्तै बोलेका नारदमुनि राना थारुले ‘अदालतमा बादी र प्रतिबादीको बहस जस्तो छलफल भएको’ प्रतिक्रिया दिँदै ‘सम्पदा जोगाउन प्रभावकारी कदम चाल्नुपर्ने’ सुझाव दिए । सांसद चाँदतारा, मोहन बानिया, सरिता गिरी, दिव्यमणि राजभण्डारी, सरलाकुमारी यादवलगायत सांसदले बोले ।

आयातित संस्कृतिमा रमाएर हामी बडप्पन देखाइरहेछौं । त्यसमै रमाइरहेछौं । यही बडप्पनले हाम्रा पहिचान मेटिँदै गएका छन् । यसविरूद्ध पनि धावा बोल्नुपर्ने दिन आइसकेको छ

त्यही दिन विश्व सम्पदा क्षेत्र अध्ययन उपसमिति बन्यो । संयोजक बनिन् सुजिता शाक्य । समिति बनेको पर्सिपल्ट फेरि हामीलाई बोलायो उपसमितिले । विस्तृत रुपमा जानकारी लिइन् शाक्यले । तीन महिनाभित्र प्रतिवेदन तयार गर्ने गरी कार्यसूची बनायो उपसमितिले ।

सुजिता शाक्यको सम्पदाप्रतिको बुझाइ राम्रो थिएन भने हाम्रो एजेन्डाले संसद्मा प्रवेशै पाउने थिएन । पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएकी हुन् सुजिता । उता जन्मिए पनि यहाँका सम्पदा बुझ्ने मौका पाइन् । १० वर्ष मरूटोलमा बसेकै कारण सम्पदाप्रति लगाब बढयो उनको ।

कानून बनाउने निकायमा बस्ने एकादुई मात्रै बोलिदिने हो भने पनि यसको पक्षमा लहर ल्याउने वातावरण बन्न सक्छ । समितिले मन्त्रालयलाई कानुनअनुसार काम गर्न निर्देशन दिन सक्छ । मन्त्रालयले निर्देशन मानिदियो भने मात्रै पनि कानुनमा भएका व्यवस्था कार्यान्वयन हुन सक्छन् । हामीसँग नियमकानुनको खााचो छैन । कार्यान्वयनको पाटो मात्रै फितलो भएको हो । कानुन कार्यान्वयन गर्न पनि यसै गरी झकझक्याइ राख्यो भने बाध्य बन्छन् राज्यका निकाय । हामीले चलाएको अयिभान यही हो । सम्पदा लडाइँको मुख्य उद्देश्य हो यो ।

खबरदारी गर्ने समूह सानो छ । त्यही सानो समूह पनि ठाउँ ठाउँमा बाँडिएको छ । रानीपोखरी र काष्ठमण्डपबाट ठूलो समूह जोडियो सम्पदा लडाइँमा । बिस्तारै त्यो समूह छानिदै गयो । काष्ठमण्डप बन्न सुरू गरेपछि एउटा ठूलो समूह त्यहीँ अलमलियो ।

सम्पदा जोगाउन जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गरेका हौं हामीले । गणपति, सञ्जय, आलोक कुनै दलका कार्यकर्ता होइनन् । कुनै एनजीओ चलाएका छैनन् । आम्दानीको ठूलो स्रोत भएका मान्छे पनि होइनन् उनीहरु । कुनै शक्ति केन्द्र पनि छैन उनीहरुसँग । त्यही भएर यी नागरिकसँग नजिकिन मलाई कुनै अप्ठयारो थिएन । सम्पदामाथि ज्यादती भएका हरेक ठाउँमा पुगियो । सम्पदामाथि भएका ज्यादतीबारे लाइभ दिन्थ्यौं फेसबुकमा । भिडियो खिचेर पनि फेसबुकमा अपलोड गथ्र्यौं । यसले पनि एक किसिमको जनमत सिर्जना गरेको थियो । सम्पदाको पक्षमा अभियान चलाउनु थियो । ‘एक्टिजम’ गर्नु थियो सामाजिक सञ्जालमार्फत पनि ।

हौसला चाहिन्छ केही गर्न । अगि बढ्न दण्ड र पुरस्कारको उत्तिकै भूमिका हुन्छ । गाली र ताली पनि चाहिन्छ । आलोचनाले सजग गराउँछ । त्यही भएर आलोचना पनि चाहिन्छ । संरक्षणको मुद्दामा हामीले आलोचनाको अपेक्षा गरेनौं । किनभने यो त सिङ्गो नेपाल र नेपालीको पहिचान जोगाउने मुद्दा हो । हाम्रा प्राचीन सिप, प्रविधि, कला, वास्तुकला जोगाउने लडाइँ हो । समग्रमा पहिचान जोगाउने लडाइँ हो, राष्ट्रियता जोगाउने लडाइँ ।

माफियाको जालो तोड्न त्यति सजिलो छैन् । हात हालेको ठाउँमा जालो तोड्न दबाब दिइ नै रहिन्छ । जालो तोडेरै छोड्ने आशा छ । आशाले हो उत्प्रेरणा दिने । जो आशावादी छ, उही सफल हुने हो । हरेक व्यक्तिमा आशा सकारात्म प्रवृत्तिको रुपमा रहेको हुन्छ । जुन जुन केसमा हात हालियो, त्यहाँका बेथेति अन्त्य गराएरै छाड्छौं भन्ने विश्वास छ । यही विश्वासले म विषय उठाउँछु । हाम्रा सम्पदा जति मासिए मासिए, अब देखादेखी मासिन दिने छैनौं । यही अठोटले अगि बढेको छ सम्पदा लडाइँ ।

हामीले हाम्रा मौलिक निधि चिन्न सकेका छैनौं । पश्चिमा संस्कृतिको आकर्षक जालमा परेर हाम्रा निधिमाथि लात मारिरहेछौं । आयातित संस्कृतिमा रमाउनुमै आफूलाई सभ्य ठान्छौं हामी । आयातित संस्कृतिमा रमाएर बडप्पन देखाइरहेछौं । त्यसमै रमाइरहेछौं । यही बडप्पनले हाम्रा पहिचान मेटिँदै गएका छन् । यसविरूद्ध पनि धावा बोल्नुपर्ने दिन आइसकेको छ । कठिन छ धावा बोल्न । कठिनाइमै खोज्ने हो अवसर ।
आशावादीहरु यसै गर्छन् ।

म पनि आशावादी छु । आशावादी भएरै राष्ट्रको सम्पत्ति, विगतको गौरव, वर्तमान र भविष्यको समृद्धिको आधार, सभ्यताको सूचक, जनताका मूल्यमान्यता र विश्वास, पुर्खाका कार्यको अभिलेख, पहिचान र समग्रमा राष्ट्रियताको पक्षमा जागरणको घण्टी बजिरहनेछ । ‘सम्पदा लडाइँ’ जारी रहनेछ ।

(न्यौपानेद्वारा लिखित पुस्तक सम्पदा लडाइँको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment