Comments Add Comment

छुरीको धारलाई कसरी तेज राख्ने ?

भान्सामा काम गर्न सबै कुराहरुको सुविधा हुनु अति नै आवश्यक छ । भान्सा त्यो ठाउँ हो, जहाँ मानिसको शरीर सञ्चालन गर्ने खाना तयार हुन्छ । यदि भान्सामा सबै कुराको सुविधा भएन भने भान्सेले खाना पनि मिठो पकाउन सक्दैन । त्यसैले भन्सामा प्रयोग हुने अधिकांश सामग्रीहरु सुविधाजनक हुनु अति नै आवश्यक हुन्छ । जसमा धारिलो छुरी पनि एक हो ।

यदि छुरीको धार छैन भने कुनै पनि कुरालाई काट्न अथवा सानो टुक्रा पार्न निकै गाह्रो हुन्छ । भान्साको काम छिट्टो गर्नको लागि हामी तेज धार भएको छुरी प्रयोग गर्छौ । केही समयपछि छुरीको धार कम हुन थाल्छ । धार नभएपछि छुरीले कुनै पनि कुरा काट्न गाह्े हुने अवस्थामा आउँछ । त्यसैले आज हामी छुरीको धार तेजिलो बनाउने केही सजिला जानकारी लिएर आएका छौ ।

हामी प्राय: छुरीको धार कम भयो भने इट्टा अथवा ढुंगामा घोटेर त्यसको धारलाई तेजिलो बनाउँछौ । तर केहि विशेष छुरी सार्पनरको सहायताले मात्र तेजिलो हुन्छन् । त्यसैले तपाईलाई आफ्नो छुरी कस्तो प्रकारको छ भन्ने कुरा थाहा हुन आवश्यक छ । निम्न लिखित तरिकाहरु तथा  उपकरणहरुको सहयोगले तपाई आफ्नो धार कम भएको छुरीलाई तेजिलो बनाउन सक्नु हुन्छ ।

स्टील अथवा फलामको शीट

छुरीको धारलाई तेजिलो गर्नको लागि स्टील अथवा फलामको शीट किन्नु पर्छ । काम शुरु गर्नु भन्दा अगाडि शीटलाई पानीले पखाल्ने र पुछेपछि सुकाउने र तातो बनाउनको लागि घाममा राख्नुपर्छ । जब शीट राम्रोसंग तातो हुन्छ, त्यसमा छुरीको धार तेजिलो बनाउन शुरु गर्नु पर्छ । घर्षणको कारण आगोको झिल्का उठ्न सक्छ, त्यसैले ध्यान दिएर काम गर्नु पर्छ ।

फलामको रड

यदि तपाइसमँग शीट छैन भने छुरीको धार तेजिलो बनाउनको लागि तपाईं फलामको रड प्रयोग गर्न सक्नु हुन्छ । यो उपकरणले छुरी तेजिलो बनाउन अति नै सजिलो हुन्छ ।

ग्रेनाइट

छुरीलाई तेजिलो बनाउनका लागि भान्साको स्ल्याबमा लगाइएको ग्रेनाइट पनि प्रयोग गर्न सकिन्छ । छुरीलाई ग्रेनाइटमा राखेर छुरीको दुवै तिरको भाग ग्रेनाइटमा २० सेकेन्डसम्म लगातार घोट्नुपर्छ । यसरी छुरीलाई  ग्रेनाइटमा घोट्दा पनि आगोको झिल्का निस्कन सक्ने हुनाले ध्यान दिनु आवश्यक छ ।

छुरी शार्पनर

कम धार भएको छुरीको धार तेजिलो बनाउनका लागि तपाई छुरी  शार्पनर किन्न सक्नु हुन्छ । हुन त यो शार्पनर धेरै महंगो हुनुको साथै विशेष प्रकारको छुरीलाई मात्र तेजिलो गर्छ ।

ईंटा

ईंटाको माध्यमले तपाई छुरीलाई तेजिलो बनाउन सक्नु हुन्छ । ईंटाको माध्यमले छुरी धारिलो बनाउँदा छुरीमा कोरिने र ईंटाका स–साना कणहरु रहन सक्छन । जसलाई सफा गर्नका लागि छुरीलाई सर्फ पानीमा भिजाउनु पर्छ । १५ मिनेटपछि छुरीलाई सर्फ पानीबाट निकालेर एक कप पानी र आधा कप भेनिगरको घोलमा डुबाउनु पर्छ  । यसो गर्दा छुरी  धारिलो गर्दा बसेको दाग र फोहोर सफा हुन्छ र यसको धार पनि तेजिलो हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment