Comments Add Comment

प्राकृतिक चमकका लागि के खाने ?

एन्टि–अक्सिडेन्ट छालाको लागि फाइदाजनक हुन्छ भन्ने कुरा प्राय: सबैलाई जानकारी भएकै कुरा हो । तर, के तपाईंलाई थाहा छ ? दुई विशेष एन्टि–अक्सिडेन्टले तपाईंको छालालाई चम्किलो बनाउन सक्छ ।

प्राकृतिक चमक पाउनका लागि हाइलाइटरको साटो यी दुई एन्टि–अक्सिडेन्टहरुलाई आफ्नो खानामा समावेश गर्नुपर्छ । छालालाई चमक दिनुका साथै यसले छालालाई सुरक्षित राख्ने क्षमतामा समेत वृद्धि गर्दछ ।

सौन्दर्य विशेषज्ञहरुका अनुसार लुटिन तथा जिएजेन्थिन नामक एन्टि–अक्सिडेन्टहरुलाई आफ्नो खानामा समावेश गर्नुपर्दछ । लूटिन तथा जिएजेन्थिन नामक एन्टि–अक्सिडेन्टले हाम्रो छालालाई भित्रैबाट चम्किलो बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

यसको अक्सिडेशन गुणले छालामा आकर्षण कायम भईरहनुका साथै तिनलाई सुरक्षा पनि प्रदान गर्दछ । यी एन्टि–अक्सिडेन्टहरुले छालालाई नरम बनाउन सक्ने क्षमतालाई समेत बढाउँछ र एन्टि–एजिङ प्रभाव समेत विद्यमान रहन्छ ।

हाम्रो शरीरको छाला प्राकृतिक रुपले जति धेरै मोस्चराइज्ड हुन्छ, त्यति नै बढी स्वस्थकर भईरहन्छ । ती एन्टि–अक्सिडेन्ट्सहरुले छालाको लचिलोपनलाई समेत बढाउँछ । जसले छाला नरम हुन्छ । छालाको साथ–साथै तिनीहरु आँखाको स्वास्थका लागि पनि फाइदाजनक हुन्छ ।

कुन खानेकुरामा कति एन्टि–अक्सिडेन्ट ?

ती एन्टि–अक्सिडेन्टहरु ब्रोकाउली, पालुङ्गो तथा अन्य हरिया सागपातहरुमा प्रशस्त मात्रामा पाउन सकिन्छ । अण्डा तथा रातो खुर्सानी समेत यसका राम्रा स्रोतहरु मानिन्छन् ।

हरियो केराऊ, सस्र्यँुको साग तथा मकै जस्ता मौसमी खाद्य पदार्थमा पनि लुटिन तथा जिएजेन्थिन पाउन सकिन्छ । बजारमा यिनीहरुको विकल्प समेत पाउन सकिन्छ । तपाईंले चाहनुभयो भने हप्तामा एक वा दुईपटक हरिया सागपातको जुस पनि पिउन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment