Comments Add Comment

नेपाललाई झट्का, कप्तान पारस आउट

Photo Credit : फाइल फोटो

२२ असोज, काठमाडौं । आयरल्यान्डविरुद्धको टि– २० मा १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो र सर्वाधिक महत्वपूर्ण विकेटका रुपमा कप्तान पारस खड्कालाई गुमाएको छ । आक्रामक अन्दाजमा खेलिरहेका पारस २५ रनको निजी स्कोरमा आउट भए ।

४ ओभरमा ३५ रन बनाएको स्थितिमा नेपालले कप्तानलाई गुमाएको हो । उनले १४ बलमा २ चौका र दुई छक्का प्रहार गरे । ओपनिङमा पारसलाई साथ दिइरहेका इशान पाण्डे विकेटमा संघर्षरत छन् । इशानले सुस्त ब्याटिङ गर्दा पारसलाई रन गति बढाउन दवाव परेको थियो । मार्क अडायरको बललाई बुझ्न नसक्दा उनी क्याचआउट भए ।

१४ बलमा ११ रन बनाएर खेलिरहेका पाण्डेले एक चौका प्रहार गरेका छन् । नेपालले तेस्रो विकेटका रुपमा आरिफ शेखलाई पठाएको छ । नेपालले आजको टिममा दुईवटा परिवर्तन गरेको छ । पवन सर्राफको स्थानमा इशान पाण्डे र रोहित पौडेलको स्थानमा सन्दिप जोरालाई खेलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment