
२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाडौंलाई चिटिक्क पारिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सी बस्ने होटलसम्म सडक कालोपत्रे गरिएको छ, सडक पेटीहरु रंगाइएको छ । सडक छेउमा फूल तथा बिरुवा रोपिएको छ ।
सडकको दुई छेउमा रहेका बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र सीको फोटो झुण्ड्याइएको छ । ठाउँ-ठाउँमा स्वागतद्वार बनाइएको छ ।
सी २५ गते शनिबार काठमाडौं आउनेछन् । राष्ट्रपतिको तहमा चीनबाट २३ वर्षपछि हुन लागेको भ्रमणलाई स्मरणीय बनाउने सरकारको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4